BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

यो अर्को खण्डमा, स्तिफनसको दुःखत हत्याले येशूको अभीयानलाई रोक्न सक्दैन भन्ने कुरा लूकाले देखाउँछन्। वास्तवमा, त्यो सतावटले गर्दा धेरै चेलाहरू यरूशलेमबाट छरप्रस्ट भई यहूदिया र सामरियाका आसपास गैरयहूदी प्रान्तहरूमा गए। चेलाहरू छरप्रस्ट्र हुने क्रममा, तिनीहरूले येशूले खटाउनुभए झैं आफ्नो साथमा परमेश्वरको राज्य सन्देश पनि लिएर जान्छन्। चेलाहरूले येशूको कथा उद्घोषणा गर्छन् अन मानिसहरू आश्चर्यजनक रूपमा स्वतन्त्र र निको हुन्छन्। एक जना चर्चित जादूगरले परमेश्वरको शक्ति उनकोभन्दा निकै महान् छ भन्ने देख्छन् अनि इथियोपियाकी रानीको दरबारका अधिकारीले बप्तिस्मा लिन्छन्। राज्य विस्तार भइरहेको छ र कुनै पनि कुराले परमेश्वरको योजनालाई पल्टाउन सक्दैन, चाहे त्यो शाऊल नामक धार्मिक अगुवा नै किन नहोस् जसले येशूका अनुयायीहरूलाई घरबाट निकाल्दै झ्यालखानामा हाल्छन्।
शावल अझै बढी चेलाहरूलाई कैद गर्न खोज्दै दमस्कसतिर जाने क्रममा, उनलाईलाई अन्धा तुल्याउने ज्योति र स्वर्गबाट आएको आवाजले रोक्छ। यो आवाज बौरी उठ्नुभएका येशू स्वयंको हो, उहाँ शाऊललाई तिमी किन मेरो विरुद्धमा लडिरहेका छौ भनेर सोध्नुहुन्छ। यो भेट र त्यसपछि भएका अचम्मका चिन्हहरूले गर्दा येशू वास्तवमा को हुनुहुन्छ भन्नेबारे शाऊलको मन पुरै बद्लिन्छ। शाऊलका योजनाहरू उलट-पुलट हुन्छन्। दमस्कसमा येशूका अनुयायीहरूलाई सताउनुको सट्टा अब शाऊल तिनीहरूमध्येकै एक बन्छन् र तुरुन्तै येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनेर घोषणा गर्न थाल्छन्।
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

All That Glitters: What the Bible Teaches Us About Avoiding Financial Traps
