BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

राज्यको सन्देश यरूशलेमभरि फैलिन्छ र चेलाहरूको सङ्ख्या निरन्तर वृद्धि भइरहन्छ। अझै बढी अगुवाहरूको आवश्यकता पर्छ, त्यसकारण प्रेरितहरूले येशूको सन्देश निरन्तर फैलाउँदे जाँदा गरिबहरूको सेवा गर्न स्तिफनस नामको मानिस अघि सर्छ। स्तिफनसले परमेश्वरको राज्यको शक्ति प्रदर्शन गर्छ अनि धेरै यहूदी पूजाहारीहरूले विश्वास गर्छन् र येशूलाई पछ्याउन थाल्छन्। तर स्तिफनसको विरोध गर्ने र उनीसँग बहस गर्ने मानिसहरू पनि धेरै छन्। तिनीहरूले स्तिफनसको बुद्धिमानी प्रत्युत्तरको सामना गर्न सक्दैनन्। त्यसकारण तिनीहरूले उनलाई मोशाको अनादर गरेको र मन्दिरबारे चुनौती दिएको आरोप लगाउन झूटा साक्षीहरू खोज्छन्।
यसको प्रतिक्रिया स्वरूप, तिनीहरूले उनलाई गरेको दुर्व्यवहार कसरी अनुमान गर्न सकिने शैलीमा भएको छ सो देखाउन पुरानो करारको कथा बताउँदै स्तिफनसले शक्तिशाली भाषण दिन्छन्। उनले युसुफ र मोशाजस्ता आफ्नै मानिसहरूले धोका दिएका र सताएका पात्रहरूबारे प्रकाश पार्छन्। इस्राएलले परमेश्वरका प्रतिनिधिहरूलाई शताब्दियौंदेखि विरोध गर्दै आएका छन् र अहिले स्तिफनसलाई तिनीहरूले विरोध गर्नु कुनैआश्चर्य होइन। यो कुरा सुनेर, धर्मगुरुहरू क्रोधित हुन्छन्। तिनीहरूले तिनलाई सहरबाट लखेट्छन् र उनलाई मार्न ढुङ्गाले हान्छन्। तिनीहरूले स्तिफनसलाई ढुङ्गाले हान्न थाल्दा उनले आफूलाई येशूको मार्गमा आर्पण गर्छन्, जसले अरूको पापको लागि कष्ट भोग्नुभयो। “प्रभु, यो पाप तिनीहरूको विरुद्धमा नलिनुहोस्” भनेर कराउँदै स्तिफनस धेरै शहीदहरूमध्येका पहिलो शहीद बन्छन्।
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Hear
