BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

यस खण्डमा, लूकाले कर्नेलियस नामक रोमी कप्तानको परिचय दिन्छन्, जसले रोमी अधिपत्यबारे यहूदीहरूले घृणा गर्ने सबै कुराको प्रतिनिधित्व गर्छन्। कर्नेलियसकहाँ एक जना स्वर्गदूत देखा पर्छन् र उनलाई जोप्पामा सिमोनको घरमा बसिरहेका पत्रुस नामक व्यक्तिलाई बोलाउन भन्छन्। त्यसपछि कर्नेलियसले पत्रुसलाई बोलाउन सन्देशवाहकहरू पठाउँदा स्वर्गदूतले पत्रुस जहाँ हुन्छन् भनेका थिए उनी त्यहीं नै यहूदी विधिअनुसार प्रार्थना गरिरहेका हुन्छन्, अनि उनले अचानक एउटा अनौठो दर्शन देख्छन्। दर्शनमा परमेश्वरले उनको अघि यहूदीहरूलाई खान निषेध गरिएका जनावरहरू ल्याउनुहुन्छ र पत्रुसलाई “यिनलाई खाऊ” भन्नुहुन्छ। पत्रुसले भन्छन्, “मैले कुनै पनि अशुद्ध थोक कहिल्यै खाएको छैन।” तर परमेश्वरले जबाफ दिनुहुन्छ, “मैले जुन कुरालाई शुद्ध तुल्याएको छु त्यसलाई अशुद्ध नभन।” यो दर्शन तीन पटक दोहोरिन्छ र पत्रुस छक्क पर्छन्।
पत्रुसले अझै पनि त्यही दर्शनबारे सोचिरहेको बेला, सन्देशवाहकहरू उनलाई कर्नेलियसको घर आउन निमन्त्रणा दिन आइपुग्छन्। अब भने पत्रुसलाई आफूले देखेको अर्थ छर्लङ्ग हुन्छ। गैरयहूदीको घरमा जाँदा धर्मविधि अशुद्ध हुने खतरा हुन्छ भन्ने पत्रुसलाई थाहा छ, त्यसकारण सामान्यतया उनले त्यस्तो निम्तो इन्कार गर्नेथिए। तर दर्शनद्वारा परमेश्वरले पत्रुसलाई कसैलाई पनि अशुद्ध भन्नु हुँदैन भन्ने कुरा बुझ्न सहायता गर्दै हुनुहुन्थ्यो। येशूमा विश्वास गर्ने सबै मानिसहरूलाई शुद्ध पार्ने शक्ति परमेश्वरसँग छ। त्यसकारण कुनै आपत्तिबिना, पत्रुस कर्नेलियसको घर जान्छन् र येशूबारे सुसमाचार सुनाउँछन्––उहाँको मृत्यु, पुनरुत्थान र उहाँलाई विश्वास गर्नेहरू सबैले पाउने पापक्षमा। पत्रुस बोलिरहेकै बेला, पेन्तिकोसको दिन येशूका यहूदी अनुयायीहरूलाई जस्तै कर्नेलियस र उनको परिवारका सदस्यहरू पवित्र आत्माले भरिन्छन्। येशूले भन्नुभए जस्तै, यो अभियान सबै मानिसकहाँ फैलिंदै जान्छ।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Hear
