BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

प्रेरितको पुस्तकको अर्को खण्डमा, गैर-यहूदी इसाईहरू येशूको अभियानको भाग बन्नको लागि (खतना, विश्राम-दिन र खानपान सम्बन्धी यहूदी नियमहरूको पालना गरेर) यहूदी बन्नुपर्छ भनेर दाबी गर्ने केही यहूदी इसाईहरूबारे पावलले पत्ता लगाउँछन्। तर पावल र बर्णाबासले यसमा पूर्ण रूपमा असहमति जनाउँछन् अनि यो कुरा समाधन गर्न तिनीहरूले यरूशलेमको महासभाको नेतृत्ववर्गमा यसलाई बहसको लागि लैजान्छन्। त्यहाँ हुँदा, पत्रुस, पावल र याकूब (येशूको भाई)-ले परमेश्वरको योजना सधैँ नै सबै जातिलाई समावेश गर्नु हो भनेर धर्मशास्त्र र आफ्ना अनुभवहरूबाट बताउँछन्। त्यसपछि महासभाले अभूतपूर्व निर्णय गर्छ र गैर-यहूदी इसाईहरूले मूर्तिपूजा गर्ने मन्दिहरूमा बलिदान गर्ने कार्यमा सहभागी हुन छोड्नुपर्ने भए तापनि तिनीहरूले जातीय रूपमा यहूदी पहिचानलाई अवलम्बन गर्ने वा तोराहको विधिवत् नियम र प्रचलनहरूलाई पालन गर्नु पर्दैन भनेर स्पष्ट पार्छ। येशू यहूदी मसीह हुनुहुन्छ तर उहाँ सबै जातिको बौरी उठ्नुभएका राजा पनि हुनुहुन्छ। परमेश्वरको राज्यको सदस्यता जातीयता वा व्यवस्थामा होइन तर येशूलाई भरोसा गर्ने र उहाँको आज्ञापालन गर्ने कार्यमा आधारित छ।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Hear
