BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

पत्रुसको पुस्तकको यस विन्दुमा, व्यापारिक सहर एन्टिओकमा कसरी अझ धेरै गैरयहूदीहरूले येशूलाई पछ्याउन थाल्दैछन, त्यसबारे खबरहरू आइरहेका छन्। त्यसैले, यसबारे बुझ्न यरूशलेमका चेलाहरूले बर्णाबास नामक मानिसलाई पठाउँछन्। उनी एन्टिओक पुग्दा, संसारभरिका विभिन्न ठाउँबाट आएका थुप्रै मानिसले येशूको मार्गबारे जानेका रहेछन् भन्ने कुरा उनले पत्ता लगाउँछन्। धेरै नयाँ विश्वासीहरू हुन्छन् र गर्नुपर्ने काम धेरै हुन्छ। त्यसकारण एन्टिओकमा आएर आफूसँग सिकाउने काममा लाग्न बर्णाबासले शाऊललाई नियुक्त गर्छन्।
येशूका अनुयायीहरूलाई पहिलो पटक ख्रीष्टियान भनिएको स्थान एन्टिओक नै हो। ख्रीष्टियान शब्दको अर्थ हो, “ख्रीष्टका मानिसहरू”। एन्टिओकको मण्डली येशूको पहिलो अन्तरराष्ट्रिय समुदाय हो। अब उप्रान्त मण्डली मुख्यत: यरूशलेमका मसीही यहूदीहरूले बनेको हुँदैन। अब यो संसारभरि तीब्र गतिमा फैलिरहेको बहुजातिय अभियान बन्छ। तिनीहरूको वर्ण, लवज, भाषा र संस्कृति फरक छन् तर तिनीहरूको विश्वास भने एउटै छ, जुन सबै जातिका राजा अर्थात् क्रूसमा टाँगिएर बौरी उठ्नुभएका येशूको सुसमाचारमा केन्द्रित छ। तर साधारण रोमी नागरिकको लागि मण्डलीको सन्देश र तिनीहरूको नयाँ मार्ग अन्योलपूर्ण र चुनौतीपूर्ण समेत हुन्छ। अनि रोमी साम्राज्यको कटपुतली, राजा हेरोदले इसाईहरूलाई दुर्व्यवहार गर्ने र मृत्युदण्ड दिने कार्य सुरु गर्छ। इसाईहरूलाई जत्ति धेरै सतायो त्यति नै बढी केही यहूदी अगुवाहरू खुसी हुन्छन् भन्ने बुझेपछि हेरोदले यो कार्यलाई झन् तीब्र पार्छन्। यसले गर्दा अन्त्यमा पत्रुस पक्राउ पर्छन्। पत्रुसको ज्यान खतरामा पर्छ तर उनका मित्रहरूले उनको रिहाइको लागि खुरन्धार प्रार्थना गर्छन्। हेरोदले पत्रुसलाई हिंस्रक भीडलाई सुम्पिने योजना बनाएको अघिल्लो रात, एक जना स्वर्गदूत उनी थुनिएको कोठामा आउँछन् र उनका साङ्लाहरू तोडेर उनलाई झ्यालखानाबाट निकाल्छन्।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Hear
