BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

प्रथम शताब्दीमा भूमध्य सागर वरपर धेरैजसो मानिसहरू रोमी साम्राज्यद्वारा शासित घना सहरहरूमा बसोवास गर्थे। हरेक सहर विविध संस्कृति, जाति र धर्महरूको मिश्रण थियो। यसैले, सबै प्रकारका देवीदेवतालाई बलिदान चढाउने हरेक प्रकारका मन्दिरहरू थिए र हरेक व्यक्तिले आ-आफ्नै देवी-देवताको उपासना गर्थे। तर प्रत्येक सहरमा ती देवीदेवताको आराधना नगर्ने अल्पसंख्यक मानिसहरूको समूह पनि भेट्टाइन्थ्यो। यहूदीहरू भनेर पनि चिनिने इस्राएलीहरूले एक मात्र साँचो परमेश्वर हुनुहुन्छ भन्ने दाबी गर्थे र तिनीहरूले उहाँको मात्रै आराधना गर्ने प्रयास गर्थे।
यी सबै सहरहरू रोमी साम्राज्यले निर्माण गरेका सडक सञ्जालले जोडिएको थियो। त्यसकारण व्यापार गर्न र नयाँ विचारहरू फैलाउनको लागि यता-उता गर्न सहज थियो। प्रेरित पावलले आफ्नो जीवनको उत्तरार्ध यी सडकहरूमा यात्रा गर्दै बिताए। उनले इस्राएलका परमेश्वरले राष्ट्रहरूमाथि नयाँ राजा नियुक्त गर्नुभएको जसले शक्ति र अतिक्रमणद्वारा नभई आत्मत्यागी प्रेमले शासन गर्ने कुरा घोषणा गरे। पावलले यो सुसमाचारको अग्रगामी व्यक्तिको रूपमा सेवा गरे किनभने सबै उनले सबै मानिसलाई राजा येशूको मायालु शासन अन्तर्गत जिउन निमन्त्रणा दिए।
प्रेरितको पुस्तकको तेस्रो भागमा पावलका यात्रा र मानिसहरूले उनको सन्देशलाई कसरी ग्रहण गरे, त्यसैबारे उल्लेख छ। यस खण्डमा, लूकाले हामीलाई पावल र उनका सहकर्मीहरू आफ्नो गृहनगर एन्टिओक सहरबाट कसरी बाहिर निस्के र रोमी साम्राज्यभरिका मुख्य सहरहरूमा गए भनेर बताउँछन्। हरेक सहरमा जाँदा पहिला यहूदी सभाघरमा गएर आफ्ना मानिसलाई येशू कसरी हिब्रू बाइबलको मसीह हुनुहुन्छ भनेर देखाउने प्रचलन पावलको थियो। कतिपयले उनको सन्देशमा विश्वास गरे र येशूको शासनको अधीनमा जिउन थाले तर अरूले कतिपयले भने पावलको सन्देशको विरोध गरे। केही यहूदीहरूलाई डाहा लाग्यो र चेलाहरू विरुद्ध झूटा आरोपहरू लगाए अनि केही गैरयहूदीहरूले चाहिं तिनीहरूको रोमी जीवनशैलीमा खतरा आइपरेको ठाने र चेलाहरूलाई लखेटे। तर विरोधले येशूको अभियानलाई कहिल्यै पनि रोकेन। वास्तवमा, सतावटले त यसलाई नयाँ सहरहरूमा अघि बढ्न बाध्य पार्यो। आनन्द र पवित्र आत्माले भरिएर चेलाहरू अघि बढिरहे।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

All That Glitters: What the Bible Teaches Us About Avoiding Financial Traps
