BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

लूकाको यस अर्को खण्डमा, येशुले अन्धालाई शारीरिक दृष्टि दिनुको साथ साथै उहाँले परमेश्वरको उलटपुलट राज्यमा जिउनुको अर्थ के हो भनि बुझाउन आत्मिक अन्तर्दृष्टिपनि प्रदान गरिरहनु हुन्छ। तर कोही राज्यमा प्रार्थना र गरिबहरुका लागी उदारताका साथ् जिउन शुरु गर्नु अघि, तिनीहरु पहिला त्यसमा प्रवेश गर्नैपर्छ। र कोहि आफै पहिला नम्र बनेर आफैलाई पूर्ण रुपमा परमेश्वर भर नपरी कोहि पनि परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। कोहि आफैमा भर पर्चन र यो बुझ्न सक्दैनन्, त्यसैले उहाँले यो दृष्टान्त भन्नु हुन्छ। त्यो यस्तो छ।
कुनै एक दिन दुई जना मानिसहरु मन्दिरमा प्रार्थना गर्नलाई जान्छन। एकजना फरिसी हो जसलाई धर्मशास्त्रको ज्ञान छ र मन्दिरमा उसको नेतृत्वको लागि प्रख्यात छ, जबकि अर्को कर उठाउने मानिस हो, जसलाई विक्रेताको रूपमा तुच्छ ठानिन्छ जो भ्रष्ट रोमी पेशामा काम गर्दछ। फरिसी आफु सबै भन्दा धेरै पवित्र छु भनेर आफै संग प्रार्थना गर्दछ। उसले यसको लागि परमेश्वरलाई धन्यवाद दिन्छ। तर अर्को कर उठाउने मानिस, उसले प्रार्थना गर्दा माथि हेर्न पनि सक्दैन। उसले छाति पिट्छ र भन्छ, ""हे परमेश्वर, म एक पापी माथि दया गर्नुहोस् !"" त्यो दिन कर उठाउने मात्रै एकजना थियो जो परमेश्वरको अघि धर्मी ठहरिएर घर गयो भने भन्दै येशुले आफ्नो कथाको अन्त्य गर्नुहुन्छ। उहाँले आफ्नो यस राज्यमा कुराहरु कस्तो अचम्म रितिले उलट पुलट छन् भनि बताउनुहुन्छ: हरेक जसले आफुलाई उचाल्छ त्यो होचिनेछ, तर जसले आफुलाई नम्र बनाउँछ त्यो उचालिनेछ।""
लुकाले येशुको जीवनको अर्को घटनाको शब्दहरुलाई लिएर नम्रताको यो प्रसंगलाई जोड दिएका छन्। एउटा घटनामा आम बुवाहरुले आफना नानीहरुलाई कसरी येशु कहाँ आशिषको लागी ल्याउँछन् भनि लुका भन्छन। चेलाहरूले यी अवरोधहरू अनुपयुक्त ठाने। तिनीहरुले परिवारहरुलाई कराउछन र तिनीहरुलाई त्यहाँ बाट फिर्ता पठाउन कोशिस गर्छन। तर येशू साना केटाकेटीहरूको पक्षमा उभिनुभयो र भन्नुभयो, “बच्चाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यस्तैहरुको हो” उहाँले यस यस चेतावनी र निमन्त्रणाको अन्त्य यसरी गर्नुहुन्छ, ""हरेक जसले परमेश्वरको राज्यलाई एउटा बच्चाले जस्तै ग्रहण गर्दैन ऊ कहिल्यै त्यस भित्र प्रवेश गर्नेछैन।""
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Drawing Closer: An Everyday Guide for Lent
