BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

आजको पढाइ सुरु गर्नु अघि, हामी अध्याय नौ लाई पुनरावलोकन गरौं, जहाँ यशैया ५३ को कष्टमा परेको सेवक भएर इस्राएलमाथि शासन गर्ने येशूको लाक्षणिक योजना लुकाले प्रकट गर्दछ। लुकाले हामीलाई भन्छन कि कसरी एलिया र मोशाले उहाँसित जाने कुरा वा ""एक्सोडस"" को बारेमा कसरी कुरा गरे भनेर लूकाले बताउँछ। उहाँ एक नयाँ मोशा हुनुहुन्छ जसले आफ्नो प्रस्थान (मृत्यु) को माध्यमबाट इस्राएललाई पाप र दुष्टताको निरङ्कुश अवस्थाबाट जोगाउनुहुनेछ। यस अचम्मलाग्दो खुलासा पछि, लूकाले निस्तार चाडको लागि राजधानी सहरसम्म जाने येशुको लामो यात्राको कथाको शुरुवात गरे गर्छन जहाँ उहाँ इस्राएलको साँचो राजाको रूपमा सिंहासनमा मर्नुहुनेछ।
त्यसकारण, आज हामी २२ अध्याय पल्टाउँदा, देख्दछौं कि येशू यरूशलेमको वार्षिक निस्तार चाडको उत्सव मनाउन आउनुभएको थियो──परमेश्वरले इस्राएलीहरुलाई दासत्वबाट कसरि छुटाउनुभयो भन्ने एक यहूदी उत्सव। परम्परागत निस्तार चाडको भोजमा बाह्र चेलाहरू जम्मा गर्ने क्रममा येशू रोटी र कचौराको प्रतीकात्मक अर्थ यसरी वर्णन गर्नुहुन्छ जुन आफ्ना चेलाहरूले पहिले कहिल्यै सुनेका थिएनन् तर त्यसलाई प्रस्थानको कथाले सँधै औंल्याएको थियो। उहाँले आफ्ना चेलाहरूलाई भन्नु भयो कि भाँचेको रोटीले उहाँको शरीरलाई प्रतिनिधित्व गर्दछ र कचौराले उहाँको रगतलाई प्रतिनिधित्व गर्दछ जसले परमेश्वर र इस्राएलबीच नयाँ करारको सम्बन्ध स्थापना गर्दछ। यसमा, येशूले निस्तार चाडको प्रतीकहरू प्रयोग गर्दै आफ्नो आउँदै गरेको मृत्युको अर्थ बताउनुहुन्छ तर उहाँका चेलाहरूले त्यो बुझ्दैनन्। तिनीहरू तुरुन्तै टेबलमा बसेर परमेश्वरको राज्यमा को ठूलो हुनेछ भनेर बहस गर्न थाल्छन् र त्यस रात पछि तिनीहरू येशूसँग प्रार्थना गर्न जागा रहन पनि सक्दैनन्। बाह्र चेलामध्ये एक जना येशूको हत्यामा संलग्न र अर्को चेलाले उहाँलाई कहिल्यै चिन्दिन भनेर इन्कार गर्छ।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Drawing Closer: An Everyday Guide for Lent
