BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

लूकाको यस अर्को खण्डमा, येशुको राज्यले यस संसारको परिस्थितिलाई कसरी उलट-पुलट पार्छ भनि देखाउन उहाँले एउटा कथा बताउनुहुन्छ र त्यो यस प्रकार छ।
त्यहाँ एक धनी मानिस छ जो शानदार लुगाहरु छ र एउटा गेट भएको घरको मालिक हो। र त्यहाँ एक गरीब पीडित मानिस छ, लाजरस, जो हरेक दिन धनी मानिसको ढोका बाहिर बसेर खानाको टेबुलबाट झरेका टुक्राहरु खोज्ने गर्छ। तर धनी मानिस उसलाई केही दिदैन, र अन्ततः तिनीहरू दुबै मरे। लाजरसलाई अनन्त आरामको ठाउँमा लगियो, जबकि धनी मानिस एउटा यातनाको ठाउँमा बिउँझियो। कसैगरी उक्त धनी व्यक्तिले लाजरसलाई देख्छ र उसले देख्ने बित्तिकै उसलाई शितल पार्नको लागी उसले लाजरसलाई पानीको थोपा पठाइदिन बिन्ती गर्छ। तर धनी मानिसलाई यो हुन सक्दैन भनियो र उ पृथ्वीमा कस्तो गरि विलासिताको जीवनमा जिएको थियो जबकी लाजरसलाई उसको सहायताको खाँचो थियो भन्ने कुराको सम्झना गराइन्छ। त्यसैले धनी मानिस लाजरसलाई पृथ्वीमा उसको परिवारकहाँ पठाइदिनको लागि बिन्ती गर्दछ, ताकि तिनीहरूलाई यस कष्टका ठाउँको बारेमा चेतावनी मिल्नेछ। तर उसलाई भनियो कि उसको परिवारको लागी तिनीहरुलाई चाहिने सम्पूर्ण चेतावनीहरु हिब्रु अगमवक्ताहरुको लेखहरुमा प्रदान गरिसकिएको छ। त्यो धनी केटाले तर्क गर्दै भन्यो कि यदि लाजरस मरेकाहरूबाट बौरी उठेमा निश्चय नै उसको परिवारले विश्वास गर्नेछन। तर उसलाई भनियो कि त्यो हुन सक्दैन। जसले मोशा र अगमवक्ताहरूको कुरा सुन्न अस्वीकार गर्दछ तिनीहरूले कोहि मृत्युबाट बौरी उठे पछि पनि विश्वास गर्नेछैनन्।
यो कथा सुनाएपछि, अरूहरुलाई कष्टमा पार्नेहरु सबैको लागी कष्टहरु आउनेछ भनि येशूले चेतावनी दिनुहुन्छ। यी दु: खबाट बच्न, सबैले एकअर्काको वास्ता गर्न र तिनीहरु जसले भुलहरु गरेका छन् तिनीहरुलाई सच्च्याउनको लागी उहाँले सिकाउनु हुन्छ। तिनीहरु जसले सुधारलाई मान्छन क्षमा पाउछन, चाहे त्यो क्षमा बारम्बार नै चाहियो भने पनि। येशू कृपालु हुनुहुन्छ। धेरै ढिलो हुनु भन्दा अघि नै उहाँ सबैले सुनको चाहनु हुन्छ। धेरै ढिलो हुनु भन्दा अघि नै उहाँ सबैले सुनको चाहनु हुन्छ। उहाँ सत्य सिकाउनुहुन्छ र यसलाई ग्रहण गर्ने सबैलाई बलिदानपूर्वक क्षमा प्रदान गर्नुहुन्छ। त्यस्तै गरी, उहाँका चेलाहरुले अरूलाई सिकाउनुका साथै क्षमा दिनु पनि पर्छ।
येशूका चेलाहरूले यी सबै कुरा सुनेका थिए र येशूका वचनहरू पूरा गर्न उनीहरूलाई चाहिने परमेश्वरमाथिको भरोसाको कमी भएको महशुस गर्छन, त्यसैले उनीहरू थप विश्वासको आग्रह गर्दछन्।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Hear
