BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

मन्दिरका अगुवाहरूले रोमी राज्यपाल पन्तियस पिलातसको अनुमतिबिना येशूलाई मृत्युदण्ड दिन सक्दैनन्। त्यसैले तिनीहरू येशूरोमी सम्राटको विरुद्ध क्रान्ति खडा गर्ने विद्रोही राजा हो भन्ने आरोप लगाउँछन्। पिलातसले येशूलाई सोध्छन, ""के तिमी यहूदीहरूका राजा हौ?"" येशूले जवाफ दिनुहुन्छ, “तपाईं नै त्यस्तै भन्दै हुनुहुन्छ।” पिलातसले येशू निर्दोष मानिस हुनुहुन्छ र मृत्युको योग्य हुनुहुन्न भनेर देख्छन तर धार्मिक अगुवाहरूले उहाँ खतर हुनुहुन्छ भनेर जोड दिन। त्यसैले येशूलाई हेरोद कहाँ पठाइयो र त्यसपछि पिलातसकहाँ चोटपटक र रक्ताम्मे शरीर लिएर फर्किनुभयो, त्यसपछि तिनीहरूले एउटा अचम्मको मतो गरे। पिलातसले येशूको सट्टा बरब्बास नाम गरेको एकजना रोमको वास्तविक विद्रोहीलाई छोड्ने छन्। निर्दोषलाई दोषीको ठाउँमा सुम्पिन्छ।
येशू दुई अन्य अभियुक्त अपराधीहरूसँग लगिनुभयो र एक रोमीहरूको मृत्युदण्ड दिइने उपकरणमा काँटी ठोकियो। उहाँलाई एउटा रमित वस्तु बनाइयो। मानिसहरूले उहाँको लुगा च्यातेर उहाँको खिल्ली उडाउँदै भन्छन्, “यदि तपाईं मसीही राजा हुनुहुन्छ भने आफैंलाई बचाउनुहोस्!” तर येशू अन्तसम्म आफ्ना शत्रुहरूलाई प्रेम गर्नुहुन्छ। उहाँले आफ्ना अपराधीहरूलाई क्षमा गर्नुहुन्छ र उहाँसंगै क्रुसमा टाङ्गिएको एकजना अपराधिलाई यसो भन्दै आशा दिनुहुन्छ, ""आज तिमी मसँग स्वर्गमा हुनेछौ।""
आकाश अचानक अँध्यारो हुन्छ, मन्दिरको पर्दा दुई टुक्रा हुन्छ र येशू आफ्नो अन्तिम सासका साथ परमेश्वरलाई पुकार्नुहुन्छ, “म मेरो आत्मा तपाईंको हातमा सुम्पिन्छु।” एक रोमी सिपाहीले सबै कुरा देख्छ र भन्छ, ""निश्चय नै यी मानिस निर्दोष थिए।""
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Drawing Closer: An Everyday Guide for Lent
