BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

लूकाले हामीलाई केहि महिलाहरूको विषयमा बताउँछन जसले येशु जीवित हुनुहुँदा उहाँलाई पच्छ्याएका थिए। तिनीहरूले येशूलाई उहाँको मृत्युको दिनमा चिहानमा राखिएको देख्छन् र तिनीहरू सके सम्मको पहिलो क्षणमा नै विश्राम दिनको भोलिपल्ट सूर्योदयमा, येशुको चिहानमा जान्छन। तर जब तिनीहरू आइपुग्छन्, तिनीहरूले चिहानलाई खुला र खाली भेट्टाए। तिनीहरूले येशूको शरीर कहाँ गए भनेर पत्ता लगाउन सक्दैनन् र अचानक दुई रहस्यमय व्यक्तित्वहरू, ज्योतिले चम्किरहेकाहरू, प्रकट भएर येशु जीवित हुनुहुन्छ भन्न देखा पर्छन। उनीहरू छक्क पर्छन्। तिनीहरू दौडेर गएर अरू चेलाहरूलाई आफूले देखेका सबै कुरा बताए, तर तिनीहरूको खबर बकबक जस्तो देखिन्छ, र कसैले पनि तिनीहरुलाई पत्याएनन।
त्यहि बेला यरूशलेमको बाहिर, येशूका केही चेलाहरु शहर छोडेर इम्माउस भनिने गाउँको बाटो यात्रा गरिरहेका थिए। तिनीहरू निस्तार चाडको समयमा के भएको थियो भनेर कुरा गर्दै हिंडि रहेका बेलामा येशु तिनीहरुको कुरामा जोडिनु हुन्छ र संगै हिंड्न थाल्नु हुन्छ, तर अचम्म रितिले, तिनीहरुले उहाँलाई चिन्दैनन्। येशूले कुराकानी शुरु गर्नुहुन्छ र तिनीहरू के विषयमा कुरा गर्दै थिए भनी सोध्नुहुन्छ। तिनीहरू आफ्नो गतिमा रोकिन्छन्, बिषयले दु:खी हुन्छन र उहाँले बितेको केही दिनहरूमा के घटि रहेको छ भन्ने कुरा उहाँलाई थाह नभएकोमा अचम्भित बन्छन। तिनीहरू उहाँलाई येशुको विषयमा कुरा गरिरहेका छौं भन्छन, एक शक्तिशाली अगमवक्ता जसलाई तिनीहरुले इस्राएलको रक्षक भनि सोंचेका थिए तर मारिनु भयो। केही स्त्रीहरूले उहाँ जीवित छन् भनी भन्छन तर के कुरा पत्याउने तिनीहरूलाई थाहा छैन भनी तिनीहरू उहाँलाई भन्छन। यहुदी धर्मशास्त्रहरूले के कुरालाई अहिलेसम्म इंगित गरिरहेको थियो भन्ने कुरा येशुले व्याख्या गर्नुहुन्छ। इस्राएललाई एउटा त्यस्तो राजाको खाँचो थियो जो वास्तविक विद्रोहीहरु छन् उनीहरुको पक्षमा एकजना विद्रोही झैं बनेर कष्ट भोग्न र मर्न तयार हुन्छ। यो राजा उहाँको पुनरुत्थान द्वारा प्रमाणित हुनुहुनेछ तिनीहरुलाई साँचो जीवन दिनलाई जसले त्यसलाई ग्रहण गर्छन। तर ति यात्रुहरूले अझै पनि त्यो बुझेनन्। तिनीहरू झन् धेरै अन्योल भए त्यसले येशुलाई उनिहरु संगै अधिक समय बस्न आग्रह गरे। त्यसपछि यसले त्यस्तो दृश्यमा लान्छ जहाँ लुकाले हामीलाई येशु कसरी तिनीहरु संग खानामा संगै बस्नु हुन्छ भन्छन। उहाँ रोटी लिनुहुन्छ, त्यसलाई आशीर्वाद दिनुहुन्छ, भाँच्नुहुन्छ र त्यो आफ्नो मृत्यु अघिको अन्तिम भोजको जस्तै गरि ति तिनीहरुलाई दिनुहुन्छ। यो उहाँको टुक्रिएको शरीर, क्रूसमा उहाँको मृत्युको स्वरूप हो। जब उनीहरू भाँचिएको रोटी लिन्छन् तब तिनीहरूका आँखा खोलिन्छन् र येशुलाई चिन्छन्। यो सबै कथा येशू वास्तवमा को हुनुहुन्छ भनेर देख्न कत्ति गाह्रो छ भन्ने बारेमा हो। यस व्यक्तिको लाजमर्दो मृत्यु कसरी परमेश्वरको राजकीय शक्ति र प्रेम प्रकट हुन्छ? कसरी एक नम्र मानिस कमजोरी र आत्म-बलिदान को माध्यम बाट विश्वको राजा हुन सक्छ ? यो देख्न धेरै गाह्रो छ! तर यो नै लूकाको सुसमाचारको सन्देश हो। यो देख्नको लागी हाम्रो मनको परिवर्तन हुन र येशुको उलट पुलटको राज्यलाई अंगाल्नु जरुरी छ।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Drawing Closer: An Everyday Guide for Lent
