BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

लूकाको यस खण्डमा, येशू यरूशलेमको लामो यात्राको अन्तमा आइपुग्नुभएको छ। उहाँ जैतुन डाँडामा शहरको तर्फ गधामा सवार भएर आउँदै हुनुहुन्छ। उहाँ आउँदै गर्दा, ठूलो भीडले शाही प्रवेशद्वारमा उहाँलाई स्वागत गर्दै गीतहरू गाए, ""प्रभुको नाममा आउने राजाको प्रशंसा होस्।"" इस्राएलका प्राचिन अगमवक्ताहरूले एकदिन परमेश्वर आफैले आफ्ना मानिसहरूलाई बचाउन र संसारलाई शासन गर्न आउनुहुनेछ भनेर प्रतिज्ञा गरेका थिए भन्ने कुरा ति भीडहरूले सम्झे। भविष्यवक्ता जकरियाले गधामा चढेर यरूशलेममा न्याय र शान्ति ल्याउन आउँदै गरेको राजाको बारेमा भनेका थिए। भीडहरू गाउँछन् किनकि उनीहरूले बुझे कि येशूले यी सबै आशाहरू सक्रिय पार्दै हुनुहुन्छ।
तर सबै जना यसमा सहमत छैनन्। धार्मिक अगुवाहरूले येशूको शासनलाई उनीहरूको शक्तिलाई खतराको रूपमा हेरे र शासकहरूको हातमा सुम्पने उपायहरू खोजे। येशू के आउँदै छ भन्ने कुरा देख्न सक्नुहुन्छ। उहाँलाई थाहा छ कि इस्राएलले उहाँलाई राजाको रूपमा स्वीकार्ने छैन र उनीहरूको इन्कारले उनिहरुलाई नै विनाशकारी बाटोमा डोर्याउनेछ जुन विनाशमा अन्त हुनेछ। यसले उहाँको मुटु तोड्छ। र ... यसले उहाँलाई उत्तेजित पार्छ। यरूशलेम प्रवेश गर्ने बित्तिकै उहाँ मन्दिरको चोकमा जानुहुन्छ र सम्पूर्ण बलिप्रथालाई भंग पार्दै र पैसा साट्नेहरूलाई बाहिर निकाल्नु हुन्छ। उहाँ आँगनको मध्यभागमा उभिएर उनीहरूको विरुद्ध यसो भन्नु हुन्छ , ""यो प्रार्थना गर्ने ठाउँ हुनुपर्ने हो, तर तिमीहरुले यसलाई डाँकूहरूको ओडार बनाएका छौं।"" यहाँ उहाँले अगमवक्ता यर्मियाको भनाइ उद्धृत गर्दै हुनुहुन्छ, जो यही इस्रायलको धार्मिक र राजनैतिक शक्तिको केन्द्रमा उभिएर, इस्रायलका प्राचिन अगुवाहरुको त्यस्तै आलोचना गरेका थिए।
धार्मिक अगुवाहरूले येशूको विरोधको कुरा बुझे तर तिनीहरूले त्यसबाट पाठ सिकेनन्। जसरी इस्राएलका प्राचिन अगुवाहरूले यर्मियाको विरुद्ध षड्यन्त्र गरे, उनीहरू पनि येशूलाई खत्तम गर्न खोज्छन्। इस्रायलका अगुवाहरूको व्यवहारलाई बयान गर्न येशू एक जमिनको मालिकको बारेमा एउटा दृष्टान्त बताउनुहुन्छ जो यात्रामा जानु अघि आफ्नो दाखबारीमा मोहीहरु लगाउँछन्। फलको बारेमा खबर लिन मालिकले उसको दाखबारीमा दूतहरू पठाउँछन् यो सोंचेर कि यसले चाँही बढी आदर पाउँछ होला भनेर, तर मोहीहरूले ती सन्देशवाहकहरूलाई पिटे र तिनीहरुलाई रित्तै पठाए। तिनीहरूले मालिकको प्यारो छोरोलाई बाहिर फ्याँकिदिए र मारे। यस कथामा, येशूले दाखबारीको दुष्ट मोहीहरूलाई इस्राएलका धार्मिक अगुवाहरूसँग तुलना गर्नुहुन्छ जसले नियमित रूपमा परमेश्वरले पठाउनुभएका सबै भविष्यवक्ताहरूलाई इन्कार गरे र जसले अहिले परमेश्वरको प्रिय छोरालाई मार्न तयारी गरिरहेका छन्। धार्मिक अगुवाहरूले आफ्ना पुर्खाहरूको गल्ती दोहोर्याइरहेका छन् र उनीहरूको बढी शक्ति लुट्ने महत्वाकांक्षाले उनीहरूको आफ्नै विनाशमा पुर्याउँछ भन्ने कुरा येशूले स्पष्ट पार्नुभयो।
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

All That Glitters: What the Bible Teaches Us About Avoiding Financial Traps
