BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

येशूको राज्य पीडितहरूका लागि सुसमाचार हो र यो उनीहरूको लागि खुल्ला छ जसले परमेश्वरको आवश्यकता बुझ्दछन्। यसको उदाहरणमा, उहाँको क्षमा, चंगाई र उदारतालाई प्राप्त गर्ने रोगीहरू र दरिद्रहरू संग येशू आफैले खाना खाने भोजहरूमा भाग लिनुभएको विषयमा लूकाले हामीलाई बताउँछन्। यसको विपरीत, येशू धार्मिक अगुवाहरूसँग भोजमा पनि भाग लिनुहुन्छ जसले उहाँको सन्देशलाई अस्वीकार गर्छन् र उहाँको विधिहरूबारे बहस गर्छन्। तिनीहरू परमेश्वरको राज्यको विषयमा बुझ्दैनन्, यसैले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त सुनाउनुहुन्छ। त्यो यस्तो छ।
त्यहाँ एक बुबा हुनुहुन्छ जसका दुई छोरा थिए। जेठो छोरा भरोसायोग्य छ र आफ्नो बुबाको सम्मान गर्दछ तर कान्छो छोरा बिग्रेको छ। उसले आफ्नो सम्पत्ति चाँडै खोसेर टाढा टाढा सम्म यात्रा गर्छ र ती सबै मोजमस्ती गरेर र्ख भएर खर्च गर्दछ। त्यसपछि अनिकाल लाग्छ र त्यस छोराको पैसा समाप्त हुन्छ, त्यसैले ऊ अरूको सुँगुरको हेरचाह गर्ने काम गर्छ। एक दिन ऊ यति भोकाउँछ कि ऊ सुँगुरको खानेकुरा खान तयार हुन्छ।र घरमा आफ्ना बुबाको लागि काम गरेको भए योभन्दा धेरै राम्रो हुनेथियो भन्ने उसलाई लाग्छ। यसकारण ऊ क्षमा माग्ने अभ्यास गर्दै घरको बाटो लाग्छ। छोरा अझै टाढा छँदा, बुबाले उसलाई देख्छ र ऊ धेरै खुसी हुन्छ। उसको छोरो जीवित छ! ऊ अनिकालबाट बच्यो! बुबा उसलाई भेट्न दौडिन्छ र उसलाई चुम्बन र अंगालो हाल्न रोक्न सक्दैन। छोराले आफ्नो कुरा शुरु गर्छ, ""बुबा, म तपाईको छोरा हुन योग्यको छैन। हुन सक्छ म भने म आएर तपाईंको काम गर्नेछु ... "" तर कुरा सक्नु अघि नै बुबाले छोराको लागि उत्तम पोशाक, नयाँ जुत्ता र सुन्दर औंठी ल्याउन आफ्नो नोकरहरूलाई बोलाउँदछन्। तिनीहरूले सबैभन्दा राम्रो भोज तयार गर्नुपर्ने छ किनभने उ घर आएकोमा यो उत्सव मनाउने समय हो। पार्टी सुरु भएपछि, जेठो छोरा लामो, कठिन दिनको कामबाट आउँछ र थाहा पाउँछ कि यो सबै संगीत र खाना उसको हराएको भाईको लागि हो। उसले रिसाएर उत्सवमा सहभागी हुन अस्वीकार गर्यो। बुबाले उसको जेठो छोरालाई बाहिर भेट्छ र भन्छ, ""छोरा, तिमी त पहिलेदेखि नै हाम्रो परिवारमा छौ। मसँग जे छ सबै तिम्रै हो। तर हामीले तिम्रै भाई आएकोमा उत्सव मनाउनुपर्छ। ऊ हराएको थियो तर अब ऊ भेटियो। ऊ मरेको थियो तर अहिले ऊ जीवित छ। ”
यस कथामा, येशू धार्मिक अगुवाहरूलाई जेठो छोरासँग तुलना गर्दै हुनुहुन्छ। बाहिरी मानिसहरूलाई स्वीकारेकोले येशूस्न धार्मिक अगुवाहरू कत्ति धेरै अप्रसन्न भएको उहाँ देख्नुहुन्छ, तर उनीहरूले आफूजस्तै बाहिरी मानिसहरूलाई पनि हेरेको येशू चाहनुहुन्छ। समाजबाट बहिष्कृत भएकाहरू आफ्ना बुबा कहाँ फर्किरहेका छन्। तिनीहरू जीवित छन्! परमेश्वरको पर्याप्त भलाईपनको कारण हामी उहाँकहाँ जान सक्छौं। उहाँसँग भएका सबै उहाँले आफ्ना छोराछोरी भनि बलाउनु हुनेहरुका लागी हो।। केवल नम्रताका साथ् उहाँको राज्यको आनन्द लिन सकिन्छ।
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

God Says I Am: Embracing Peace & Walking in Power
