BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

येशू यरूशलेम जानुहुँदा, उहाँले बाटोमा रोकिनको लागि बनाउनु भएको योजनाको लागि प्रत्येक शहर तयार पार्न उहाँ आफ्ना अनुयायीहरूको एउटा छाल पठाउनुहुन्छ। तिनीहरू रित्तो यात्रा गर्छन्, कुनै सामान वा पैसाको थैली आवश्यक पर्दैन र तिनीहरू निको हुने शक्ति र परमेश्वरको राज्यको सन्देशको साथ सुसज्जित हुन्छन्। यसले हामीलाई फेरि देखाउँदछ कि येशूका चेलाहरु संसारमा परमेश्वरको अभियानमा सक्रिय सहभागीहरू छन। येशूले राज्यको सुसमाचार दिनुहुन्छ, जसले यो विश्वास गर्दछ केवल यसलाई प्राप्त गर्दैन, तिनीहरू उहाँसँग मिलेर त्यो अरूलाई पनि दिने हुन्छन। यो राज्यको तरिका हो। यो यस संसारबाट शक्ति र धन जम्मा गर्ने बारेमा होइन; यो संसारलाई आशीर्वाद दिन स्वर्गको प्रबन्ध प्राप्त गर्नको लागि हो। यस खण्डमा, लूकाले परमेश्वरको प्रबन्धमा भरोसा राख्ने येशूको धेरै शिक्षाहरू लेखेका छन्। येशूले प्रार्थना, थोकहरूको व्यवस्थापन र विशुद्ध उदारताबारे सिकाउनुहुन्छ। उहाँको शिक्षा सुनेर, गरिब र पिडितहरुले उत्सव मनाउँछन। तर येशूले तिनीहरूको लोभी जीवनशैलीको सुधार गरिरहनुरहनुभएको सुनेर धर्मगुरुहरू क्रोधित हुन्छन र तिनीहरूले उहाँको विरुद्धमा षड्यन्त्र रच्न थाल्छन।
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Money Matters
