BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

आजका खण्डहरूले येशूको कार्यको बारेमा एउटा अचम्मको कुरा प्रकट गर्दछन्। येशू भन्नुहुन्छ कि उहाँ वास्तवमै मसीह (ख्रीष्ट) हुनुहुन्छ तर त्यसपछि उहाँ के पनि भन्नुहुन्छ भने उहाँ अन्य कुनै राजाले पहिले गरेको जस्तो इस्राएलमाथि आफ्नो शासन गर्नुहुने छैन। उहाँ एउटा पीडित दास झैं बनेर राज्य गर्नुहुनेछ यशैया ५३। त्यसपछि लूकाले अर्को कथामा यो उलटपुलटको विचारलाई खोजी गर्छन।
यस कथामा, येशू आफ्ना केही चेलाहरूलाई डाँडामा लानुहुन्छ, जहाँ परमेश्वरको गौरवशाली उपस्थिति उज्यालो बादलको रूपमा देखा पर्दछ र येशू अचानक परिवर्तन हुनुहुन्छ। दुई अन्य व्यक्तित्वहरू देखा पर्दछन्, मोशा र एलिया, दुई प्राचिन अगमवक्ताहरू जसले पनि डाँडामा परमेश्वरको महिमा अनुभव गरेका थिए। परमेश्वर बादलबाट यसो भन्दै बोल्नुहुन्छ, ""यिनी मेरा पुत्र हुन् यिनको कुरा सुन।"" यो एक अद्भुत दृश्य हो! लूकाले भन्छन कि येशू, एलिया र मोशाले येशूको विदाई वा ""प्रस्थान"" को बारेमा कुरा गर्छन। येशू यरूशलेममा के गर्दै हुनुहुन्थ्यो भन्ने कुरालाई मिश्रबाट प्रस्थान गर्ने कामसँग जोड्ने एउटा तरिकाको रूपमा लूकाले ग्रीक शब्द एक्सोडोस (ग्रीकहरूले मृत्युलाई वर्णन गर्ने शब्द) प्रयोग गर्छन। यसमा, लूकाले हामीलाई येशू नै अन्तिम अगमवक्ता हुनुहुन्छ भनेर देखाइरहेका छन्। उहाँ एक नयाँ मोशा हुनुहुन्छ जसले आफ्नो प्रस्थान (मृत्यु) को माध्यमबाट इस्राएललाई पाप र दुष्टताको निरङ्कुश अवस्थाबाट जोगाउनुहुनेछ।
अनि त्यो अचम्मको कुराको साथ, गालीलमा येशूको सेवकाईको अन्त्य हुन्छ र लूकाले येशूको राजधानी सहरको लामो यात्राको कथा सुरू गर्छन जहाँ इस्राएलको साँचो राजाको रूपमा राज्याभिषेक हुन उहाँको मृत्यु हुनेछ।
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Money Matters
