BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

येशू यहूदीहरू र सारा संसारको मसीही राजा हुनुहुन्छ भनेर घोषणा गरेकोमा पावललाई कसरी निरन्तर कुटपिट गरियो, झ्यालखानामा हालियो वा घिस्याएर सहरहरूबाट बाहिर समेत निकालियो, त्यसबारे लूकाहामीलाई बताउँछन्। पावल कोरिन्थमा आइपुग्दा आफू फेरि सताइनेछ भनेर उनी अपेक्षा गर्छन्। तर येशूले पावललाई सान्त्वना दिनुहुन्छ र राती दर्शनमा उनीकहाँ यसो भन्दै देखा पर्नुहुन्छ, “नडराऊ, बोल्ने कामलाई जारी राख अनि चुप नबस।"" म तिमीसँग छु। कसैले पनि तिमीलाई आक्रमण गर्ने र हानी गर्नेछैन, किनभने यो सहरमा मेरा मानिसहरू धेरै छन्।” अनि साँच्चै, धर्मशास्त्रका पुस्तकहरूबाट शिक्षा दिँदै र येशूको बारेमा बताउँदै पावल त्यस सहरमा साढे एक वर्षसम्म बस्न सक्छन्। र मानिसहरूले पावललाई आक्रमण गर्ने प्रयास गर्दा येशूले भन्नुभएजस्तै तिनीहरू सफल हुँदैनन्। वास्तवमा, पावललाई हानी गर्न प्रयास गर्ने नेता आफै आक्रमणमा पर्छ। पावल कोरिन्थबाट लखेटिँदैनन् तर उचित समय आएपछि सिजरिया, एन्टिओक, गलातिया, फ्रिजिया र एफिससमा बसोबास गर्दै आएका चेलाहरूलाई दह्रिलो पार्न उनी नयाँ साथीहरूसँग त्यस सहरबाट जान्छन्।
एफिससमा पावलले येशूका नयाँ अनुयायीहरूलाई पवित्र आत्माको वरदानबारे अवगत गराउँछन् अनि एशियामा बसोबास गर्ने सबैलाई येशूको सुसमाचार सुनाउँदै केही वर्षसम्म शिक्षा दिन्छन्। धेरै मानिसहरू आश्चर्यजनक ढङ्गले निको र स्वतन्त्र हुने क्रममा सेवकाइ फष्टाइरहेको हुन्छ, मानिसहरू मन्त्र-तन्त्रबाट फर्कँदा र मूर्तिहरूलाई त्याग्रदा सहरको आर्थिक स्थितिमा निकै परिवर्तन आउँछ। मूर्तिपूजाबाट फाइदा कमाउने स्थानीय व्यापारीहरू रिसाउँछन् र तिनीहरूका देवीको रक्षा गर्न अनि पावलका सहयात्रीहरूविरुद्ध युद्ध गर्न मानिसहरूलाई उक्साउन थाल्छन्। सहर अन्योलग्रस्त बन्छ र सहरको हाकिमले मुख नखोलेसम्म दङ्गा जारी रहन्छ।
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Hear
