BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

धेरैजसो यहूदीहरूले तिनीहरूका मसीहबारे निश्चित अपेक्षाहरू गरेका थिए। प्रतिज्ञा गरिएका आफ्ना राजाले शासन गर्नुहुनेछ र तिनीहरूलाई रोमी दमनबाट छुटकारा दिनुहुनेछ भन्ने तिनीहरूले ठानेका थिए। त्यसकारण जब येशू आउनुभयो र समाजका त्यागिएका मानिसहरूसँग उठबस गर्न र परमेश्वरको राज्यको बारेमा नम्रतापूर्वक घोषणा गर्न थाल्नुभयो, तब कतिपयले उहाँलाई मसीहको रूपमा चिनेनन र उहाँको शासनलाई हिंसात्मक रूपले विरोध समेत गरे। हास्यास्पद कुरा के छ भने, येशूको शासन स्थापित गर्न परमेश्वरले प्रयोग गर्नुभएको साधन तिनीहरूकै विरोध थियो अनि क्रूसीकरण, पुनरुत्थान र स्वर्गरोहणद्वारा येशू स्वर्गमा यहूदीहरू र सारा जातिको राजाको रूपमा सिंहासनमा विराजमान हुनुभएको छ। अब यो खण्डमा, पावलले यही सन्देश थिस्सलोनिका, बिरिया र एथेन्समा प्रचार गरेको अनुभव लूका हामीलाई बताउँछन्।
थिस्सलोनिकामा हुँदा, पावलले मसीहले कष्ट भोग्नुपर्छ र राजाको रूपमा शासन गर्न उहाँ फेरि बौरी उठ्नुहुनेछ भनेर अगमवक्ताहरूले सधैँ भनेका कुरा हिब्रू धर्मशास्त्रबाट देखाए। प्राचीन अगमवक्ताले भनेको कुरासँग येशू मेल खान्छ भनेर पावलले औंल्याए र धेरै मानिसहरू यो कुरामा विश्वस्त भए। पावलका स्रोताहरू बढ्दै गएपछि केही डाही यहूदीहरूले पावललाई सारा संसार नै उलटपुलट पारेको र नयाँ राजा घोषणा गरेको आरोप लगाउन सहरका मुख्य व्यक्तिहरूलाई उक्साए। रोमी उपनिवेशहरूले सम्राटलाई रिस उठाउन चाहँदैन थिए, त्यसकारण यो निकै गम्भीर दोषारोपण थियो जसले गर्दा पावलको ज्यानै जान सक्थ्यो। त्यसकारण बिरिया सहरमा येशूको राज्यको सुसमाचार सुनाउन पावललाई थिस्सलोनिकाबा पठाइयो। त्यहाँ हुँदा, पावलले सुन्न र अध्ययन गर्न अनि यो सन्देश हिब्रू धर्मशास्त्र अनुसार छ भनेर सुनिश्चित गर्न उत्सुक पुरुष र महिलाहरू भेट्टाए। बिरियाका धेरै मानिसहरूले येशूलाई पछ्याउन थाले तर तिनलाई बिरियाबाट पनि खेदन थिस्सलोनिकाका यहूदीहरू त्यहाँ आएपछि पावलको अभियान अवरुद्ध भयो। यसले गर्दा पावल एथेन्स गए, जहाँ तिनीहरूको “अज्ञाद देवता” को साँचो परिचय दिन र येशूको पुनरुत्थानको महत्त्वबारे व्याख्या गर्न उनी विचारहरूको मुख्य बजार छिरे।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Hear
