BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

येशू स्वर्गमा सिंहासनमा बस्नुभएपछि, चेलाहरू पेन्तिकोसको दिन एकसाथ भेला भएको लूका हामीलाई बताउँछन्। यो प्राचीन इस्राएलीहरूको वार्षिक चाड हो, जहाँ चाड मान्न हजारौं यहूदी तीर्थयात्रीहरू यरूशलेममा आउँथे। त्यस अवसरमा, येशूका चेलाहरू प्रार्थना गरिरहेका थिए तब तेज बतासको आवाज कोठामा भरियो र तिनीहरूले हरेकको शिरमा आगोको जिब्रा अडिरहेको देखे। यो अनौठो दृश्यको अर्थ के हो?
यहाँ लूकाले पुरानो करारमा बारम्बार दोहोऱ्याएको विषयवस्तुलाई छुँदैछन्, जसमा परमेश्वरको उपस्थिति आगोको रूपमा पनि देखा पर्छ। उदाहणको लागि, सीनै पर्वतमा परमेश्वरले इस्राएलसँग करार बाँध्नुहुँदा उहाँको उपस्थिति पर्वतको टुप्पोमा चम्कियो (प्रस्थान १९:१७-१८)। अनि फेरि, परमेश्वरले इस्राएलको बीचमा बास गर्न वासस्थानलाई भर्नुहुँदा उहाँको उपस्थिति आगोको खामोको रूपमा देखा पर्यो (गन्ती ९:१५)। त्यसकारण लूकाले परमेश्वरका जनहरूकहाँ आउने आगोबारे बताउँदा, हामीले त्यो ढाँचालाई बुझ्नुपर्ने हो। केवल यस पटक चाहिँ, आगो एउटै खामोको रूपमा पर्वतको टाकुरा वा भावनमाथि देखा पर्नुको सट्टा धेरै मानिसहरूको शिरमाथि थुप्रै ज्वालाका लप्का भएर फैलन्छ। यसले एउटा उल्लेखनीय कुरा बताउँछ। चेलाहरू यताउता स्थानान्तरण हुने नयाँ मन्दिर बनिरहेका न् जहाँ परमेश्वरले बास गर्न र उहाँको सुसमाचार बाँढ्न सक्नुहुन्छ।
परमेश्वरको उपस्थिति उप्रान्त एउटै स्थानमा सीमित हुँदैन। यो अहिले येशूमा भरोसा गर्ने मानिसहरूभित बास गर्न सक्छ। येशूका अनुयायीहरूले परमेश्वरको आगो प्राप्त गर्ने बित्तिकै पहिले कहिल्यै नजानेको भाषामा येशूको राज्य सुसमाचार बताउन थाले भनेर लूका हामीलाई बताउँछन्। त्यो सुसमाचार आफूले बुझ्ने भाषामा सुन्दा यहूदी तीर्थयात्रीहरू छक्कै पर्छन्। सबै राष्ट्रलाई आशिष दिन इस्राएलसँग सहकार्य गर्ने आफ्नो योजनालाई परमेश्वरले अझै त्याग्नुभएको छैन। अनि इस्राएलका सबै कुलका प्रतिनिधिहरू यरूशलेम फर्कने दिन अर्थात् पेन्तिकोसको दिनको त्यो उचित समयमा क्रूसमा टाँगिनुभएका र बौरी उठ्नुभएका इस्राएलका राजा येशूको सुसमाचार घोषणा गर्न उहाँले आफ्नो आत्मा पठाउनुहुन्छ। हजारौं मानिसहरूले तिनीहरूका आफ्नै मातृभाषामा त्सयो सन्देश सुने र त्यही दिन येशूलाई पछ्याउन थाले।
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

All That Glitters: What the Bible Teaches Us About Avoiding Financial Traps
