BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

लूका येशूको जीवन, मृत्यु, पुनरुत्थान र स्वर्गारोहणको सबैभन्दा प्रारम्भिक विवरणहरूमध्ये एउटा विवरणको लेखक हुन् अनि हामी यो विवरणलाई लूकाको सुसमाचार भन्ने गर्छौं। तर के लूकाको पुस्तकको दोस्रो खण्ड पनि छ भन्ने तपाईंलाई थाहा छ? यसलाई हामी प्रेरितको पुस्तक भनेर चिन्छौं। यो पुस्तकमा हामी बौरी उठ्नुभएका येशूले स्वर्गारोहण हुनुभएपछि आफ्नो पवित्र आत्माद्वारा आफ्ना मानिसहरूलाई के गर्न र सिकाउन जारी राख्नुभयो, त्यसको विवरण पाउँछौं।
लूकाले बौरी उठ्नुभएका येशूलाई चेलाहरूले भेटेको घटनाबाट प्रेरितको पुस्तक सुरु गर्छन्। हप्तौंसम्म येशूले तिनीहरूलाई उहाँको उलट-पुलट राज्य अनि उहाँको मृत्यु र पुनरुत्थानद्वारा उहाँले सुरु गर्नुभएको नयाँ सृष्टिबारे निरन्तर सिकाइरहनुहुन्छ। चेलाहरू गएर उहाँका शिक्षाहरू बाँड्न चाहन्छन् तर येशू तिनीहरूलाई नयाँ शक्ति प्राप्त नभइञ्जल प्रतीक्षा गर्नू भन्नुहुन्छ ताकि येशूको राज्यको विश्वासयोग्य गवाही हुन चाहिने सबै कुरा तिनीहरूसँग हुन सकोस्। उहाँले तिनीहरूको अभियान यरूशलेममा सुरु हुनेछ, त्यसपछि यहूदिया र सामरियामा जानेछ अनि त्यहाँबाट सबै राष्ट्रहरूमा फैलिनेछ भनी भन्नुहुन्छ।
प्रेरितको पुस्तकको मुख्य विषयवस्तु र संरचना प्रारम्भिक अध्यायबाटै सुरु हुन्छ। यो विषय, सबै राष्ट्रलाई प्रेम र येशूको राज्यको स्वतन्त्रतामा जिउने निमन्त्रणा दिन उहाँले आफ्ना मानिसहरूलाई आत्माद्वारा अगुवाइ गर्नुभएको कथा हो। प्रारम्भिक सात अध्यायहरूले यो निमन्त्रणा कसरी यरूशलेममा फैलन सुरु हुन्छ, त्यो बताउँछन्। बाँकी चार अध्यायहरूले यहूदिया र सामरियाका गैर-यहूदी प्रान्तमा कसरी यो सन्देश फैलिन्छ त्यसको चित्रण गर्छन्। अनि १३ अध्यायदेखि उता, लूकाले हामीलाई येशूको राज्यको शुभ समाचार कसरी संसारका सबै राष्ट्रहरूमा पुग्न थाल्छ सो बताएका छन्।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Gems of Motherhood~ Letters to a Mama: 20ish Things I Wish I Knew Before Becoming a Mom
