BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

हामी लूकाको अर्को अध्यायहरूमा पुग्दा, येशुले यशैयाको पुस्तकबाट पढेपछि बोल्नुभएका शब्दहरूलाई मन राखौं। हर समय यशैयाले इंगित गरिरहेका व्यक्ति येशु नै हुनुहुन्छ। उहाँनै अभिषिक्त जन हुनुहुन्छ जसले गरिबहरूलाई सुसमाचार ल्याउनुहुन्छ, टुक्रिएका हृदयहरूलाई निको पार्नुहुन्छ र बन्धकहरूलाई छुटाउनु हुन्छ।
“आज यो धर्मशास्त्र पूरा भएको छ,” येशूले भन्नुभयो। यो घोषणापछिका कथाहरूले येशूका सुसमाचारहरू कस्तो देखिन्छन् भनेर देखाउँदछ। लूकाको यस खण्डमा, येशूले थकित मछुवाराहरूलाई आश्चर्य ढंगमा माछा जुटाइ दिनुभएको, कुष्ठ रोगीलाई निको पार्नुभएको, पक्षाघातीलाई क्षमा दिनुभएको र सामाजिक रूपमा घृणित कर उठाउनेलाई आफ्नो अभियानमा सामेल गर्नुभएको कुराहरू नै सुसमाचार हुन् ज। यसले सबै धार्मिक समूहहरूमा हलचल मच्चाउँछ र अझ येशूले विश्रामको दिनमा एकजना हात सुकेको व्यक्तिलाई निको पार्नुहुहुन्छ। यति भए धार्मिक अगुवाहरुलाई पुग्यो। येशुले किन तिनीहरूको विश्राम दिनको नियम तोड्दै हुनुहुन्छ र यस्ता खराब निर्णयहरू गर्ने व्यक्तिहरूसंग किन घुलमिल गर्दै हुनुहुन्छ भन्ने कुरा तिनीहरु बुझ्न सक्दैनन।
तर येशू पीडितहरूको पक्षमा उभिनुभयो र धार्मिक अगुवाहरुलाई यहुदी व्यवस्थाको मर्म र उहाँको उलट-पुलट राज्यको प्रकृति बताउनुभयो। उहाँ निरोगीहरूलाई होइन तर बिरामीहरूलाई हेरचाह गर्ने एक डाक्टर जस्तै हुनुहुन्छ भनेर तिनीहरूलाई उहाँ बताउनुहुन्छ। विश्रामको दिन भनेको नै कष्टमा परेकाहरूको पुनर्स्थापना हो भनी उहाँ स्पष्ट पार्नुहुन्छ। येशू पुनर्स्थापनाकर्ता हुनुहुन्छ। उहाँले समाजका वरिष्ठहरुलाई होइन तर कष्टमा परेकाहरूलाई पुनर्स्थापित गर्नुहुन्छ। अनि पीडितहरूले उहाँलाई पच्छ्याउँदा उनीहरू पुनर्स्थापित हुन्छन र उहाँसँग अभियानमा सामेल हुन्छन्।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Hear
