BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

बप्तिस्मा पछि येशू निर्जनभूमिमा जानुहुन्छ र चालिस दिनसम्म केही नखाई बस्नुहुन्छ। येशू इस्राएलको चालिस बर्षे निर्जनभूमिको यात्राको पुनरावृत्ति गर्दै हुनुहुन्, जहाँ तिनीहरूले यहोवाविरूद्ध गनगन र विद्रोह गरे। तर इस्राएल असफल भयो भने येशू चाहिं सफल हुनुभयो। परिक्षा आउँदा येशूले आफ्नो ईश्वर क्षमतालाई आफ्नो फाइदाको लागि प्रयोग गर्न इन्कार गर्नुहुन्छ। बरु मानव पीडा हटाउन आफ्न क्षमता प्रयोग गर्नुहुन्छ। उहाँले यी सबैको लागि यहोवामाथि भरोसा राख्नुहुन्छ अनि इस्राएल र सारा मानवजातिका असफलताहरूलाई उल्टाउने व्यक्तिको रूपमा आफूलाई प्रमाणित गर्नुहुन्छ।
यसपछि, येशू आफ्नो गृहनगर नासरत फर्कनुहुन्छ। उहाँ सभाघर जानुहुन्छ र उहाँलाई हिब्रू धर्मशास्त्रबाट पढ्न आमन्त्रित गरिन्छ। उहाँले यशैयाको पुस्तक खोल्नुहुन्छ, पढ्नुहुन्छ र यो भनेर बस्नुहुन्छ, ""आज यो धर्मशास्त्र तिमीहरूको सुनुवाईमा पूरा भएको छ।"" श्रोताहरू अचम्मित हुन्छन् र आफ्नो आँखा उहाँबाट टाढा राख्न सक्दैनन्। यशैयाले भनेका उहाँ नै हुनुहुन्छ अर्थात अभिषिक्त जन जसले गरिबहरूलाई सुसमाचार ल्याउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ र बहिष्कृतहरूलाई उनीहरूको लाजबाट छुटकारा दिनुहुन्छ। उहाँ नै हुनुहुन्छ जसले आफ्नो उलट-पुलट राज्यलाई स्थापना गर्नुहुनेछ, गलत कुरालाई ठीक गर्नुहुनेछ र संसारलाई फेरि ठीक बनाउनुहुनेछ।
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Hear
