BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

यरूशलेमको यात्रा गर्ने क्रममा पावलले येशूका अनुयायीहरूको बढ्दो समुदायसँग भेट गर्न बाटोमा रोकिन्छन्। तिनीहरू सबैले राजधानी सहरमा प्रवेश गर्ने उनको अभिप्रायबारे थाहा पाउँछन् र त्यसविरुद्ध तुरुन्तै तर्क गर्छन्। उनी गए भने कैद गरिनेछ वा मारिनेछ भन्ने कुरामा निश्चित भएर तिनीहरू उनलाई नजान बिन्ती गर्छन्। तर आफूले विश्वास गरेको कुरामा पावल मर्न पनि तयार हुन्छन्, त्यसकारण उनी रोकिंदैनन्। उनी यरूशलेम आइपुग्दा उनले आफू यहूदी विरोधी होइन भन्ने अरूलाई देखाउन यहूदी परम्पराहरू पालन गर्छन्। वास्तवमा उनी आफ्नो पितापुर्खाका परमेश्वरलाई प्रेम गर्ने र आफ्नो सङ्गी यहूदीको लागि आफ्नो ज्यान समेत दिन तयार हुने एक भक्त यहूदी हुन्। तर यहूदीहरूले गैर-यहूदीहरूसँगको पावलको निन्दनीय सम्बन्धलाई मात्रै देख्छन्। तिनीहरूले पावलको सन्देश इन्कार गर्छन्, उनलाई मन्दिरबाट लखेट्छन् र मरणासन्न हुने गरी कुट्न थाल्छन्।
यरूशलेमको अवस्था नियन्त्रणभन्दा बाहिर छ भन्ने कुरा सुनेपछि रोमीहरू पावलको ज्यान बचाउन समयमै आइपुग्छन्। पावललाई हिंस्रक भीडबाट बाहिर लगिन्छ र उनले आफूलाई सताउनेहरूलाई सम्बोधन गर्न मौका दिलाउन हाकिमलाई विश्वस्त पार्छन्। चोटैचोट र रगताम्मे अवस्थामै पावलले खडा भएर साहसका साथ आफ्नो कथा सुनाउँछन्। आफ्नो ज्यान लिन खोज्ने मानिसहरूलाई विश्वस्त तुल्याउन र आफ्नो परिचय दिन उनले तिनीहरसित हिब्रू भाषामा बोल्छन्। परमेश्वरको छुटकारा योजनामा अन्यजातिहरू (गैर-यहूदीहरू)-लाई समावेश गर्ने परमेश्वरको इच्छाबारे उनले नबोलुञ्जेलसम्म तिनीहरूले उनको हरेक कुरा सुन्छन्। यो कुरा उठ्ने बित्तिकै, भीडले पावललाई मार्ने धम्की दिन थाल्छन्। स्थिति कोलाहलपूर्ण हुन्छ र पावलले अन्यजातिबारे कुरा गर्दा यहूदीहरू किन त्यति क्रोधित भए भनेर रोमी सेनापतिले बुझ्न सक्दैनन्। त्यसकारण सेनापतिले यसभित्र थप कथा लुकेको हुनुपर्छ र थप यातना दिए तिनले यो कुरा बताउन सक्छन् भन्ने विचार गर्छन्। तर आफू एक रोमी नागरिक भएको कुरा प्रकट गर्दै आफू विरुद्धको गैरकानुनी व्यवहारलाई पावलले रोक्छन्। सेनापतीले एक रोमी नागरिकलाई हानी गरेमा आफू समस्यामा पर्न सक्छ भन्ने महसुस गर्छन्। त्यसकारण पावललाई तुरुन्तै हिरासतबाट मुक्त गरिन्छ र उनलाई सुनुवाइमा लगिन्छ जहाँ उनले आफूलाई दोष लगाउने धार्मिक अगुवाहरूका सामने आफ्नो मुद्दा प्रस्तुत गर्न सक्छन्।
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Can I Trust the Bible?
