BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

पावल सिजरियामा आइपुग्दा उनलाई हाकिम फेलिक्सअघि पुर्पक्षमा राखिन्छ। आफूले इस्राएलको परमेश्वरमा विश्वास गर्ने र उनलाई आरोप लगाउनेहरूले जस्तै पुनरुत्थानको आशा गर्ने प्रमाण दिँदै पावल आफ्नो मुद्दा प्रस्तुत गर्छन्। पावललाई दोषी ठहराउने कुनै कारण फेलिक्सले देख्दैनन् तर पावललाई के गर्ने फेलिक्सलाई थाहा हुँदैन। त्यसकारण कुनै कानुनी कारणविना उनलाई दुई वर्ष हिरासतमा राख्छन्। पावलको हिरासतको समयभरि फेलिक्सकी पत्नीले पावल र येशूको कुरा सुन्ने अनुरोध गर्छिन्। फेलिक्स पनि उनको कुरा सुन्न आउँछन् र येशूको राज्यका अर्थ सुनेर भयभीत हुन्छन्। उनी बहस गर्न चाहँदैनन् तर पावलबाट घुस पाउने आशा गर्दै पावललाई नियमित रूपमा बोलाउँछन्। अन्त्यमा फेलिक्सको सट्टा पोर्सियस फेस्तस आउँछन् र अझै पनि उनलाई मार्न खोज्ने यहूदीहरूका सामने पावलको मुद्दाको सुनुवाइ हुन्छ। पावलले आफू निर्दोष भएको अपील गर्छन् र प्रत्युत्तरमा उनी सुनुवाइको लागि यरूशलेम जान तयार छन् कि भनी फेस्तसले सोध्छन्। तर पावल मान्दैनन् र रोममा सिजरको सामने सुनुवाइ गरियोस् भनी अपील गर्छन्। फेस्तसले उनको अनुरोध स्वीकार्छन्। येशूले भन्नुभएजस्तै (प्रेरित २३:११), पावलले येशूको अभियानलाई रोममा पुर्याउनेछन्।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

All That Glitters: What the Bible Teaches Us About Avoiding Financial Traps
