चमत्कारका ३० दिननमूना

चमत्कारका ३० दिन

दिन 30 को 30

दोस्रो चमत्कार द्वारा माछा पकडिनु

यो दोस्रो पटक थियो जब येशूले माछा मार्नमा पत्रुसलाई पछि पार्नुभयो। तर यो पटक फरक थियो, किनकि यो येशूको मृत्यु र पुनरुत्थानपछि भएको थियो। माछा देख्दा पत्रुसको प्रतिक्रिया त्यति उत्साहजनक थिएन जति येशूलाई किनारमा देख्दा थियो। किनारमा येशूलाई देख्ने बित्तिकै उनी डुङ्गाबाट हाम फालेर आफ्ना प्रिय गुरुलाई भेट्न दौडिन्छन्। जब उनले माछाले भरिएको जाल किनारमा तानेर ल्याउछन र येशूले त्यसलाई पकाउनुभयो, पत्रुस र चेलाहरू आफ्नो पुनरुत्थित उद्धारकर्ताको सामु शान्त भएर अचम्ममा उभिएका थिए।

यस भोजनपछि नै येशूले पत्रुसलाई फेरि चेलाको रूपमा पुनःस्थापित गर्नुभयो र उनलाई मण्डलीको स्तम्भ र ख्रीष्टको प्रेरितको रूपमा भविष्यको जीवनका लागि निर्देशन दिनुभयो। परमेश्वरले उनलाई जीवनको उद्देश्य तोकिदिनुभयो र नयाँ युगमा प्रस्थान गराउनुभयो।

हामीले पाउने वा त्यसमा सहभागी हुने हरेक चमत्कार कहिल्यै पनि हाम्रो बारेमा मात्र हुँदैन। ती सधैं येशूलाई चिनाउने र उहाँको राज्यको कामलाई पृथ्वीमा विस्तार गर्ने बारेमा हुन्छन्। परमेश्वरले हाम्रो चंगाई, छुटकारा र पुनर्स्थापनाका कथाहरू प्रयोग गरेर धेरैलाई आफ्नो राज्यतर्फ ल्याउन चाहनुहुन्छ। येशूले अरू कसैको जीवनमा गर्नुभएको कामको बारेमा सुन्दा मानिसहरू आकर्षित हुने उहामा एक चुम्बकीय गुण छ। यही हो साक्षीको शक्ति। बाह्र जना चेलाहरू प्रत्यक्षदर्शीसाक्षी थिए, तर हामी जीवनका साक्षी हौँ। हाम्रो जीवन नै परमेश्वरको महान शक्ति र सामर्थ्यको गवाही हो।

जसरी पावलले भनेका छन्, हामीलाई विजयी यात्रामा अगुवाइ गरिँदैछ, ताकि हामी वरिपरि ख्रीष्टको सुगन्ध फैलाउन सकौँ! सुगन्धको विशेषता के हो भने, यसले विशेष प्रयास गर्नुपर्दैन, यो आफैं प्रकट हुन्छ। तपाईंले केवल आफ्नो कथा भन्नुपर्छ र येशूझैँ जीवन बिताउनुपर्छ, अनि मानिसहरूले तपाईंमा उहाँको सुगन्ध पाउँनेछन्। बाँकी काम परमेश्वरले गर्नुहुन्छ!

के परमेश्वरले तपाईंलाई चमत्कारी कामको लागि भाँडोको रूपमा प्रयोग गर्न तपाईं तयार हुनुहुन्छ?के तपाईंले आफ्नो कथा अरूसँग बाँड्ने र सम्पूर्ण महिमा परमेश्वरलाई दिने अवसर लिनुहुन्छ?

येशूको चमत्कारी सेवकाईलाई हेर्दै यो ३० दिने यात्रा पूरा गर्दा, के तपाईंले आफ्नो जीवनमा येशूलाई चमत्कार गर्न निम्तो दिँदै यो प्रार्थना गर्नुहुनेछ?

प्रिय स्वर्गीय पिता,

तपाईंले आफ्नो पुत्र येशूलाई पृथ्वीमा पठाउनुभएकोमा धन्यवाद। उहाँको अलौकिक सामर्थ्य र अधिकारको लागि म तपाईंको प्रशंसा गर्दछु, जुन आज पनि पवित्र आत्माद्वारा पृथ्वीमा कार्यरत छ। म तपाईंलाई मेरो जीवनको हरेक क्षेत्रमा निम्तो दिन्छु, ताकि तपाईंले असम्भव कार्य गर्नुभएको होस् र म भित्र र म द्वारा महिमा पाउनु भएकोहोस्। म मेरो काममा तपाईंसँग साझेदारी गर्न र मेरो जीवन द्वारा तपाईंको उद्देश्यहरू पूरा भएको हेर्न चाहन्छु। म प्रार्थना गर्छु कि तपाईंले मेरो आँखा खोलिदिनुहोस्, ताकि म मेरो सामान्य, दैनिक जीवनमा तपाईंको अलौकिक चमत्कार देख्न सकूँ।

पिता, पुत्र र पवित्र आत्मा, म तपाईंलाई प्रेम गर्छु।

यी सबै कुरा म शक्तिशाली येशूको नाममा माग्छु,

आमेन।

यस योजनाको बारेमा

चमत्कारका ३० दिन

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in

सम्बन्धित भक्त्ति पाठहरू