चमत्कारका ३० दिननमूना

चमत्कारका ३० दिन

दिन 28 को 30

येशूले बेथानियामा लाजरलाई मृतकबाट उठाउनुभयो

जब येशूको मित्र अत्यन्तै बिरामी भएर मृत्युको शैय्यामा थिए, तपाईं अपेक्षा गर्नुहुन्छ कि उहाँ सबै कुरा छोडेर तुरुन्तै उनलाई भेट्न जानुहुन्छ। तरयेशू भने जहाँ हुनुहुन्थ्यो त्यहीँ केही समय अझै बस्नुभयो र त्यसपछि मात्र मरियम र मार्थालाई भेट्न जानुभयो,यसबेलासम्म लाजरको मृत्यु भइसकेको थियो।

येशू गाउँको प्रवेशद्वारमा पुग्नुभयो, जहाँ मार्था उहाँलाई भेट्न आउँछिन् र आफ्नो भाइको मृत्यु भइसकेको चार दिनपछि पनि उहाँ केही गर्न सक्नुहुन्छ भन्ने आशा प्रकट गर्छिन्। मरियम दौडेर येशूकहाँ पुग्छिन्, उहाँको पाउमा परेर रुँदै भन्छिन् कि तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन। वरिपरि भएको शोक र आँसु देखेर येशू आफैं पनि रुनुभयो, त्यसपछि उहाँ चिहानमा जानुभयो र ठूलो स्वरमा बोलाउँदै लाजरसलाई बाहिर आउन भन्नुभयो। अनि लाजरस मृत शरीरमा बेर्ने कपडाका पट्टिहरूमा बाँधिएकै अवस्थामा चिहानबाट बाहिर निस्के।

येशूले आफ्नो मृत्यु र पुनरुत्थानभन्दा अगाडि नै मृत्युमाथि आफ्नो सार्वभौमिक अधिकार देखाउनुभयो। उहाँ नै पृथ्वीमा हाम्रो जीवनका लेखक र समापनकर्ता हुनुहुन्छ। जीवन कहिले सुरुवा अन्त्य हुने भन्ने निर्णय गर्न सक्ने उहाँ मात्र हुनुहुन्छ। लाजरस आफ्नो पुनरुत्थानपछि सधैंका लागि पृथ्वीमा बाँचेनन्, तर येशूले आफू नै पुनरुत्थान र जीवन हुनुहुन्छ भन्ने पूर्ण प्रमाण दिनुभयो। आज पनि,जीवनमा वा मृत्युमा, हामी सबै मानिसहरूमध्ये सबैभन्दा धन्य छौं, किनकि जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो। यसको अर्थ, जब हामीजिउछौ त्यो परमेश्वरको महिमाका लागि हुन्छ, र जब मर्छौं हामी उहाँसँग अनन्त जीवन बिताउँछौं। दुवै अवस्थामा हार हुँदैन! कस्तो अद्भुत आश्वासन!

यसले तपाईंको येशूप्रतिको दृष्टिकोणलाई कसरी परिवर्तन गर्छ? यसले पृथ्वीमा तपाईंको जीवनबारेको दृष्टिकोणलाई कसरी प्रभाव पार्छ? हामीमध्ये केही त अनन्तताको दृष्टि नै नराखी, कसैको जीवनमा प्रभाव नपार्ने गरी बाँचिरहेका छौं। हामीलाशझैँ बाँचिरहेका र हिँडीरहेका हुन्छौ।अब समय आएको छ कि हामीले येशूको निर्देशनलाई व्यक्तिगत रूपमा लिएर ती चिहानका कपडाहरू हटाउनुपर्छ र साँच्चिकै जीवन जीउन थाल्नुपर्छ!

यस योजनाको बारेमा

चमत्कारका ३० दिन

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in

सम्बन्धित भक्त्ति पाठहरू