चमत्कारका ३० दिननमूना

येशूले एक अन्यजाति स्त्रीकी दुष्ट आत्माले ग्रसित छोरीलाई निको पार्नुभयो
जब हामी यो घटनाबारे पढ्छौं, हामी येशूले त्यो गैर–यहूदी स्त्रीसँग प्रयोग गर्नुभएको कठोरजस्तो भाषाले अलि अचम्मित हुन्छौं। तर फेरि ध्यान दिएर हेर्दा थाहा हुन्छ कि येशूले त्यो स्त्रीको मनोभाव बाहिर ल्याउँदै हुनुहुन्थ्यो र त्यही समयमा उनको विश्वास प्रणालीलाई पनि परख्नुहुदैथियो। येशू अत्यन्तै चतुर हुनुहुन्थ्यो!
जब उहाँले उसलाई “म त इस्राएलका हराएका भेडाहरूका लागि मात्र आएको हुँ” भनेर उनको निवेदन अस्वीकार गर्नुभयो, त्यो स्त्री आएर उहाँको सामु घुँडामा टेकेर उहाँलाई मद्दत गर्न बिन्ती गरिन्। उनले वचन र व्यवहार दुवैबाट आफ्नो अवस्थामाथि उहाँको प्रभुत्व स्वीकार गरिन्। जब उहाँले भन्नुभयो कि छोराछोरीका लागि राखिएको रोटी लिएर कुकुरलाई दिन मिल्दैन, उनले तुरुन्तै त्यो रूपकको अवसर समात्दै भन्न पुगिन् कि कुकुरहरूपनि मालिकको मेजबाट खस्ने टुक्रामा सन्तुष्ट हुन्छन्।कस्तो नम्रता कि आफैँलाई कुकुरसँग तुलना गरिएको अपमानलाई पनि नजरअन्दाज गरिन्! र येशुमा कस्तो विश्वास कि उहाको सामर्थ्यशाली वचनका टुक्रामात्रले पनि उनकी छोरीलाई स्वतन्त्र पार्न सक्छ भनिन्। येशूले उनको ‘महान् विश्वास’ को प्रशंसा गर्नुभयो, र उनकी छोरी निको भइन्!
येशू केवल असल व्यवहार गर्ने, सही बोली बोल्ने र सही देखिने भित्री समूहका लागि मात्र आउनुभएन, तर सांस्कृतिक, जातीय वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि हरेक पुरुष, स्त्री र बालबालिका सबैका लागि आउनुभयो। उहाँ सबैलाई स्वतन्त्र पार्न आउनुभयो। एक मात्र शर्त थियो, नम्र र पश्चात्तापी हृदय, जो उहाँलाई सबैका प्रभु बनाउन तयार होस्। यी शर्तहरू अत्यन्तै सरल छन्, तर घमण्ड र हठीका कारण धेरैले यसलाई छुटाइदिन्छन्।
के तपाईं पनि त्यस स्त्रीझैँ येशूको अगाडि घुँडामा बसेर उहाँलाई मद्दत गर्न बिन्ती गर्नुहुन्छ? नम्रतामा घुँडामा बस्नु र सहायता र पुनःस्थापनाको सर्वोच्च स्रोततर्फ नजर उठाउनु साहसी मानिसको काम हो।
धर्मशास्त्र
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in
