चमत्कारका ३० दिननमूना

चमत्कारका ३० दिन

दिन 29 को 30

येशूले प्रधान पूजाहारीको नोकरको कान निको पार्नुभयो

जब येशूलाई पक्रिन लागिएको थियो, उहाँका चेलाहरू अत्यन्त घबराए। पत्रुसले कतैबाट तलवार निकालेर माल्‍खसको कानमा प्रहार गर्छन्। माल्‍खस पक्राउ गर्न अधिकारिहरूसँगै आएका थिए, किनभने उनि प्रधान पूजाहारीका नोकर थिए। उनले शायद कहिल्यै सोचेकै थिएनन् कि यो दुखद रातमा आफू चमत्कारको भागीदार बन्नेछन्। तर त्यही रातपत्रुसले उसको कानच्‍वाट्टै काटिदिए रयेशूले अघि बढेर उनको कान निको पार्नुभयो!

आफ्नै सबैभन्दा अन्धकारमय क्षणमा पनि कसैलाई निको पार्न सक्ने एकमात्र येशू हुनुहुनुहुन्छ। यस्तो समयमा हामीमध्ये कोही पनि अरू कसैको बारेमा सोच्दैनौं। तर येशूले नडराईरगत बगिरहेको र घाइते मानिसलाई छुने साहस गर्नुभयो, र उहालाई निर्दयी क्रूसमा लैजानु अघि नै उसलाई निकोपार्नुभयो।

येशूका लागि कोही बोल्न आएन। एक जना पनि होइन। उहाँद्वारा निको पारिएका वा छुटकारा पाएका व्यक्तिहरूमध्ये एक जना पनि आएनन्। उहाँ एक्लै छाडिनुभयो, हाम्रै निम्ति कुटाई खानुभयो, धोका खानुभयो, अपमान सहनुभयो र सताइिनुभयो। ताकि हाम्रो पाप उहाले आफुमाथि लिनु भएकोहोस्हाम्रो दोष उहाँमा परोस्, र हामी दोषमुक्त बनौं। वाह!

तपाईं कहिल्यै पनि परमेश्वरका लागि बोझ हुनुहुन्न। संसारका अरू सबै कुरा अव्यवस्थित हुँदा पनि तपाईं उहाँलाई पुकार्न सक्नुहुन्छ, र उहाँले तपाईंलाईयसरी जवाफ दिनुहुनेछ कि जस्तो तपाईंमात्र उहाँलाई पुकारिरहनुभएको व्यक्ति हुनुहुन्छ।तपाईंको आवश्यकता अरूको आवश्यकताभन्दा सानो र सामान्य लागे पनि, तपाईंले अझै उहाँलाई हस्तक्षेप गर्न र मद्दत गर्न आग्रह गर्नुपर्छ।

के हुन्छ त यदि तपाईंले कहिल्यै माग्नुभएन र त्यसैले कहिल्यै पाउनुभएन? के हुन्छ त यदि तपाईंले सोच्नुभयो कि यस पीडित संसारबीच उहाँले मेरो पीडा देख्नुहुन्न, र त्यसैले उहाँमा भर नपरी बस्नुहुन्छ?

परमेश्वर तपाईंका लागि कहिल्यै यति व्यस्त हुनुहुन्न, उहाँको प्रिय सन्तान! थकाइ वा रोगका कारण उहाँ कहिल्यै न त उँघ्‍‌नुहुन्‍छ न सुत्‍नुहुन्‍छ। उहाँ सर्वशक्तिमान् हुनुहुन्छ र सधैं उपलब्ध हुनुहुन्छ। अब प्रश्न यो हो कि के तपाईं उहाँमा भर पर्नुहुनेछ? के तपाईं उहाँलाई पुकार्नुहुनेछ?

यस योजनाको बारेमा

चमत्कारका ३० दिन

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in

सम्बन्धित भक्त्ति पाठहरू