चमत्कारका ३० दिननमूना

येशूले बहिरो र गूँगो मानिसलाई निको पार्नुभयो
बहिरो र गूँगो । कस्तो दुःखद संयोजन! यस मानिसको लागि धेरै समयसम्मको लागि संगत भनेको केवल पूर्णमौनता मात्र थियो। उसले बोल्न सक्दैनथ्यो, न त वरिपरि भइरहेका कुरा सुन्न सक्थ्यो। बजारको भीडभाड र कोलाहल उसले कहिल्यै सुनेको थिएन, न त आफ्नो मनको कुरा कसैलाई भन्न सक्थ्यो। आफ्नो शरीरभित्रै थुनिएकासबै विचारहरू भित्रै घुमिरहेको अवस्थालाई कल्पना गर्नुहोस्! असल कुरा के थियो भने उसको वरिपरि उसको समुदाय थियो जसले उसलाई येशूकहाँ ल्याए र आफ्ना साथीलाई निको पारिदिन उहाँसँग विन्ती गरे। यदि ऊ एक्लै हुन्थ्यो भने न येशूबारे सुन्न सक्थ्यो, न उहाँको शिक्षा सुन्न सक्थ्यो।
यस चंगाइमा येशूले सिर्जनात्मक तरिकाले काम गर्नुभयो, उहाँले आफ्नो औँला उसको कानमा लगाउनुभयो र थुकेर उसको जिब्रो छोर्नुभयो। हामीलाई अलि अचम्म लाग्ने वा घिनलाग्दो जस्तो देखिने यो कार्य सृष्टिकर्ताका लागि अस्वाभाविक थिएन, किनकि उहाँ आफ्नै स्वरुपमा बनेको मानिसलाई मूल स्वरूपमा पुनःस्थापित गरिरहनु भएको थियो। स्पर्श र शारीरिक तरल पदार्थको प्रयोग गरेर उहाँले यस मानिसको शरीरमा बिग्रिएको कुरा सुधारिरहनु भएको थियो। यसले प्रमाणित गर्छ कि हामीमाथि काम गर्दा येशूले आफ्नो हात फोहोर हुन दिन उहाँलाई फरक पर्दैन। सत्य भन्नुपर्दा, हामी निकै अस्तव्यस्त छौँ। जब हामी येशूका लागि जीवन जीउन थाल्छौँ, तब पवित्र आत्माले ठूलो काम गर्नुपर्छ ।उहाँले हामीलाई धेरै कुरा बिर्सिन र परिवर्तन गर्न सिकाउनु पर्छ, जुन कुरामा हामी बानी परिसकेका छौँ। त्यसपछि उहाँले भित्रैबाट पुनः–सञ्चालन र पूर्ण परिवर्तन गर्न थाल्नुहुन्छ।मुख्य कुरा भनेको उहाँलाई हाम्रो जीवनका हरेक कुनामा स्वतन्त्र रूपमा प्रवेश गर्न दिनु हो,चाहे त्यो कस्तोसुकै अँध्यारो वा घिनलाग्दो किन नहोस् । जसले तपाईंलाई सृष्टि गर्नुभयो र बोलाउनुभयो, उहाँ तपाईंको साथमा खाल्डोमै झर्न डराउनुहुन्न, र तपाईंको जीवनलाई अव्यवस्थित वा अशुद्ध बनाउने सबै कुरा सफा गर्नुहुन्छ।
के तपाईं यस मानिसझैँ परमेश्वरको सामु उभिएर तपाईंमा उहाँको इच्छा अनुसार उहाँलाई काम गर्न अनुमति दिनुहुन्छ? उहाँको उपस्थितिमा पुनर्स्थापना निश्चित हुन्छ, र पुनर्स्थापनाको तरिका उहाँकै हातमा हुन्छ।
धर्मशास्त्र
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in
