चमत्कारका ३० दिननमूना

चमत्कारका ३० दिन

दिन 27 को 30

येशूले अञ्‍जीरको बोट सुकाउनु भयो

अञ्‍जीरको बोटले फल फलाएन, त्यसैले त्यसलाई येशूको क्रोध सहनुपर्‍यो। रोचक कुरा के थियो भने, त्यो तुरुन्तै सुक्यो, यति चाँडो कि सबैले देखे र अचम्म मान्दै के भयो भनेर सोच्न थाले। त्यसपछि येशूले आफ्ना चेलाहरूलाई, र आज हामीलाई पनि, प्रायः असम्भव देखिने कुरा निडर भएर माग्न आग्रह गर्नुभयो। आखिर कसले पहाडलाई समुद्रमा फ्याँक्छ र? तर उहाँ भन्नुहुन्छ, विश्वास गर्नेका लागि त्यो पनि सम्भव छ।

आज तपाईंका लागि चुनौती यो हो:

‘यदि तपाईं विश्वास गर्नुहुन्छ भने, प्रार्थनामा जे माग्नुहुन्छ त्यो प्राप्त गर्नुहुनेछ।’

तपाईं कुन कुराको लागि प्रार्थना गर्दै हुनुहुन्छ? के तपाईं विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईंले मागेको कुरा दिनुहुनेछ?

सन्देह नै त्यो कुरा हो जसले हामीलाई अलौकिक कुरा अनुभव गर्नबाट रोक्छ। के हुन्छ त यदि हामीले यस्तो साहसका साथ विश्वास गर्‍यौँ जसले शत्रुलाई स्तब्ध पार्छ र हाम्रो परमेश्वरलाई आनन्दित गर्छ? के हुन्छ त यदि हामीले आफ्नै क्षमताले पूरा गर्न नसक्ने र हाम्रा कल्पनाभन्दा परका ठूलो प्रार्थनाहरू गर्‍यौं?के हुन्छ त यदि हाम्रो प्रार्थना केवल आफैं र आफ्ना परिवारका लागि मात्र नभई सहर र राष्ट्रहरूका लागि हुन्छ?

हामीसँग प्रार्थनाको उत्तर दिने परमेश्वर हुनुहुन्छ, जसका लागि केही पनि असम्भव छैन। पीडाको त्यो पहाड, ऋण, बाँझोपन वा एक्लोपन,यी सबै ब्रह्माण्डको परमेश्वरका लागि केही पनि होइन। तपाईंले येशूको नामको सामर्थ्यमा विश्वास गरेर त्यसलाई आफ्नो जीवनबाट हटाउन प्रार्थना गर्न सक्नुहुन्छ र परमेश्वरका प्रतिज्ञाहरूमा उभिन सक्नुहुन्छ, जुन ख्रीष्टमा “हो” र “आमेन” हुन्।

के तपाईं विश्वास गर्नुहुन्छ कि परमेश्वर उहाँले भन्नुभएको जस्तै हुनुहुन्छ?

के तपाईं साहसी प्रार्थना गर्न सुरु गर्नुहुनेछ, जसले परमेश्वरको अलौकिक सामर्थ्यलाई ल्याउनेछ?

यस योजनाको बारेमा

चमत्कारका ३० दिन

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in

सम्बन्धित भक्त्ति पाठहरू