चमत्कारका ३० दिननमूना

येशूले जन्मैको अन्धा मानिसलाई आँखामा थुक लगाएर निको पार्नुभयो
जब तपाईं यूहन्ना ९ अध्याय पूरै पढ्नुहुन्छ, तपाईं पाउनुहुन्छ कि यो विशेष चंगाइले समाजका सबै तहबाट धेरै प्रश्नहरू उठायो र ठूलो ध्यान आकर्षित गर्यो। जन्मदेखि अन्धा भएको मानिसलाई येशूले माटो र थुक मिसाएर आँखामा लगाउनुभयो र उसलाई सिलोआमको तलाउमा पखाल्न पठाउनुभयो, र ऊ निको भयो। फरीसीहरूले यस चंगाइलाई गहिरो छानबिन गरे र येशूलाई पापी भनेर दोष लगाए। दुर्भाग्यवश, त्यो मानिसका आमाबाबुले आराधनालयबाट निकालिने डरले यस चमत्कारबाट आफूलाई टाढा राखे। अन्ततः त्यो मानिसलाई यहूदी सभाबाट निकालियो, र फेरि येशूलाई भेट्दा यसपटक उसले उद्धार अनुभव गर्यो।
उद्धार भनेको आत्मिक रूपमा अन्धा आँखाहरू र बहिरा कानहरूलाई उद्धारकर्ता र उहाँको राज्य पृथ्वीमा आउने सुसमाचारको लागि खोल्नु हो। यो कथाको चमत्कार केवल एक मानिसले शारीरिक दृष्टि पाउनु मात्र होइन, तर येशूको सुरुबाटै अन्त देख्न सक्ने क्षमता हुनु हो।उहाँका चेलाहरूले सोधे कि यस मानिसको जन्मजात अशक्तता कसको पापका कारण हो, जसको जवाफमा येशूले भन्नुभयो,“न त यसले पाप गर्यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्।”
किन केही घटनाहरू हाम्रो जीवनमा हुन्छन् भन्ने गहिरो कारण केवल परमेश्वरले जान्नुहुन्छ, र अन्ततः ती कुरा हाम्रो भलाइका लागि कसरी परिणत हुनेछन् भन्ने पनि केवल उहाँले मात्र देख्नुहुन्छ। यही हो उद्धारकर्ताको परिभाषा, जसले पुनःस्थापना गर्न नसकिने कुरा पनि लिएर त्यसबाट केही सुन्दर बनाउन सक्नुहुन्छ। अगमवक्ता यशैयाले ख्रिस्टको राज्यको वर्णन गर्दा यही कुरा भन्नुभएको छ, उहाँले खरानीबाट सुन्दरता ल्याउनुहुन्छ, र शोकलाई आनन्दमा परिणत गर्नुहुन्छ। यो त्यत्तिमै रोकिन्न,बरुपरमेश्वरले हामीलाई नयाँ सृष्टि बनाएर उजाड र नष्ट भएका कुराहरूलाई पुनः निर्माण गर्न, पुनर्स्थापना गर्न, र नवीकरण गर्न प्रयोग गर्नुहुन्छ। यसरी नै परमेश्वरको महिमा पूरै पृथ्वीमा देखिने गरी प्रकट हुन्छ।
के तपाईं परमेश्वरमाथि भरोसा गर्नुहुन्छ कि उहाँले तपाईंको जीवनमा भएका सबैभन्दा खराब घटनाहरूलाई पनि परमेश्वरले उद्धार गर्न सक्नुहुन्छ,र तपाईंको जीवनका टुक्रिएका अंशहरूलाई जोडेर केही बहुमूल्य बनाउन सक्नुहुन्छ?
धर्मशास्त्र
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in
