चमत्कारका ३० दिननमूना

पानीलाई दाखमद्यमा परिवर्तन गर्नु
आजको बाइबल पाठमा हामी येशूको पहिलो चमत्कारको बारेमा पढ्छौँ। यो कार्य गालीलको कानामा भएको एक विवाहमा भएको थियो, जुन सानो र कमचर्चित नगर थियो। विवाह भोजमा दाखमद्य पर्याप्त मात्रामा हुनु पर्ने थियो, जसले गर्दा सबैले मनपरी पिउन सकून्। तरयस विवाहमा दाखमद्य सकियो। येशूकी आमा मरियमले यो कुरा येशूलाई बताइन्, तर उहाँले उनलाई शान्त रहन भन्नुभयो, किनकि उहाँको समय अझै आएको थिएन, वा साँच्चै आएको हो त?"
परमेश्वरको पुत्र येशूलाई थाहा थियो, उहाँको समय कहिले आउनेछ, तर त्यो विवाहको दिनमा भने थिएन। तर, आमाको स्वाभाविक अन्तरज्ञान अनुसार, मरियमले सेवकहरूलाई तिनको छोरोले भने अनुसार गर्न भनिन्। मलाई लाग्छ कि बितेको समयमा येशूले सामान्य कुरामा पनि अद्भुत कार्य गरेर आफ्नी आमालाई चकित पार्नु भएको थियो, त्यसैले उनी जे पनि हुनसक्ने अपेक्षामा थिइन्।
येशूले आमाकोअन्तरज्ञानलाई समर्थन गर्दै सेवकहरूलाई यहूदीहरू द्वारा धार्मिक शुद्धीकरणका लागि प्रयोग हुने ठूलो ढुंगाका भाँडाहरू पानीले भरिदिन भन्नुभयो। ती भाँडाहरू भरिएपछि उहाँले त्यसबाट केही पानी निकालेर भोजको मालिककहाँ लैजान भन्नुभयो। पानी भाँडामा खन्याइएदेखि भोजको मालिकले पिउञ्जेलसम्म, कुनै अद्भुत कार्य भइसकेको थियो। यो कुनै जादुगरको चाल वा भोजको व्यवस्थापकको धोका हुन सक्दैन, किनभने यो चमत्कार दाखमद्यको स्वाद लिँदाखेरि अनुभव गरिएको थियो। भोजको मालिकले भने कि यो आजसम्म मैले चाखेको सबैभन्दा राम्रो दाखमद्य थियो ।वाह! दाखमद्यको प्रमाण यसको स्वादमै थियो। केही मिनेटमै येशूले आफ्ना चेलाहरूलाई आफ्नो दिव्यताको प्रमाण दिनुभयो, जसका कारण उनीहरूले उहाँमा विश्वास गरे र उहाँको महिमा प्रकट भयो। आगामी ३० दिनको यात्रामा हामीलाई आशा छ कि तपाईंले आफ्नो दैनिक जीवनका सामान्य देखिने तर गहिरो रूपमा अद्भुत र रहस्यमय अनुभवहरू द्वारा उहाँको महिमाको प्रकटतालाई प्रत्यक्ष देख्नुहुनेछ। परमेश्वरको महिमाले तपाईंलाई आश्चर्यचकित गर्नेछ तर त्यही महिमाले तपाईलाई सान्त्वना पनि दिनेछ, र उहाँको इच्छा भए यसले तपाईंभित्र उहा प्रति गहिरो र दृढ विश्वासलाई पुनर्स्थापित गर्नेछ।
येशूको प्रारम्भिक सेवाकार्यको यस प्रसंगमा अर्को रोचक कुरा यो हो कि उहाँले सेवामा प्रवेश गरेपछि आत्मिक संसारमा भइरहेको गहिरो परिवर्तनलाई सजिलै र कुशलतापूर्वक व्यक्त गर्नुभयो। येशूले प्रायः “नयाँ दाखमद्य नयाँ भाँडोमा राख्ने” भन्ने उदाहरण दिनुहुन्थ्यो, उहाँले यस उदाहरणलाई आफ्नो अभिषेकले मानिसहरू भित्र गर्ने नयाँ कामको सन्दर्भमा प्रयोग गर्नुभयो।कानामा भएको यो विवाहको घटनाले स्पष्ट रूपमा देखाउँछ किआउने शताब्दीयौँसम्म त्यो नयाँ काम कस्तो देखिन थाल्नेछ।यहूदीहरूको धार्मिक विधि अनुसार हात र खुट्टा धुनका लागि प्रयोग हुने ढुंगाका भाँडाहरू अब असल दाखमद्यले भरिएका थिए, जसले पिउने सबैको हृदयलाई आनन्दित गरायो। यस सांस्कृतिक सन्दर्भमा दाखमद्यले आनन्द वा प्रशस्ततालाई जनाउँछ। येशूले आफ्नै शब्दमा हामीलाई उहाँमा रहन भन्नुभयो ताकि उहाँको आनन्द हामीमा होस् र हामीहरुको आनन्द भरिपूर्ण होस्(यूहन्ना १५:११)। यसै गरी यूहन्ना १०:१० मा उहाँले आफैँलाई शत्रुसँग तुलना गर्दै भन्नुभयो कि म प्रशस्त मात्रामा जीवन दिन आएको छु,तर शत्रु त चोर्न, मार्न र नष्ट गर्न मात्र आउँछ। पानीलाई दाखमद्यमा परिणत गर्दा, यो घटना सम्भवतः येशूले हामीलाई पुरानो धार्मिक परम्पराबाट सिक्नुको सट्टा उहाँबाट सिक्नको लागि गहिरो निम्तो दिइरहनुभएको छ, ताकि हामी अझ बढी सन्तुष्टि र वास्तविक आनन्दको जीवन जिउन सकौं। येशूको अनुसरण गर्न रोज्नेहरू सबै नयाँ बनाइएका छन्। पुरानो बितिगएको छ, नयाँ आएको छ। (२ कोरिन्थी ५:१७)।
धर्मशास्त्र
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in
