चमत्कारका ३० दिननमूना

चमत्कारका ३० दिन

दिन 26 को 30

येशूले १८ वर्षदेखि अशक्त भएकी स्त्रीलाई निको पार्नुभयो

यो स्त्री अठार वर्षदेखि दुष्ट आत्माद्वारा बाँधिएकी थिइन्, जसका कारण उनको शरीर कुप्रो भएर सीधा हुन नसक्ने भएको थियो।कुप्रो परेर सीधा न हुन् सकेको कारण उनले कस्तो पीडा भोगेकी होलिन्! येशूले उनलाई यस दुष्ट आत्माको नियन्त्रणबाट मुक्त पार्नुभयो, र उनी फेरि सीधा उभिन सकिन्। फेरि आफ्नै पूर्ण कदबाट संसारलाई देख्न पाउनु, कति अप्रत्याशित वरदान थियो त्यो!

हामीमध्ये धेरै जना मानसिक, शारीरिक, भावनात्मक, सम्बन्धगत र आर्थिक रूपमा झुकेका छौँ, र ईश्वरीय आत्मविश्वासका साथ शिरलाई माथि उठाउन असमर्थ छौं। बरुहामी जीवनभर पराजित र थिचिएका जस्तै रेंगिंदै बाँचिरहेका छौँ! हामी निराशा, चिन्ता, डर, फिक्री र असुरक्षाले बाँधिएका छौँ, जसका कारण हामीलाई जुन कामको लागि सृष्टि गरिएको हो त्यसमा काम गर्न असमर्थ छौं। परमेश्वर चाहनुहुन्छ कि हामी शत्रुको पञ्जाबाट स्वतन्त्र होऊँ, ताकि हामी परमेश्वरका सन्तानहरूका रूपमा हाम्रो पूर्ण कदमा ठाडो उभिन सकौँ!

के तपाईंले कहिल्यै महसुस गर्नुभएको छकि कति नै प्रयास गरेर आफ्नो जीवन सीधा बनाउन र सुधार गर्न खोजे पनि सफल हुदैन? सायद तपाईंलाई येशूको हातको स्पर्श आवश्यक छ, किनकि उहाँ बांगो कुरा सीधा पार्ने विशेषज्ञ हुनुहुन्छ।बांगो मेरुदण्डदेखि लिएर टुटेको विवाहसम्म, भट्किएको मनदेखि उल्टापाल्टा भएको परिवारसम्म, उहाँको स्पर्श, रूपान्तरण र पुनस्थापनादेखि बाहिर पर्ने केही छैन। के तपाईं उहाँलाई आफ्नो जीवनका कुरा उहाँको आफ्नै अद्वितीय र सामर्थी तरिकाले सीधा पार्न अनुमति दिनुहुन्छ? तपाईं फेरि कहिल्यै पहिले जस्तो रहनुहुने छैन। याद राख्नुहोस्, उहाँ नै तपाईंको महिमा र शिर उठाउने हुनुहुन्छ!

यस योजनाको बारेमा

चमत्कारका ३० दिन

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in

सम्बन्धित भक्त्ति पाठहरू