चमत्कारका ३० दिननमूना

चमत्कारका ३० दिन

दिन 25 को 30

मन्दिर करको चमत्कार

डोरीमा समातिएको पहिलो माछाको मुखभित्र सिक्का भेटिनु, र त्यो पनि पत्रुस र येशूको कर तिर्न ठीक बराबरको रकम हुनु, यसको सम्भावना कति होला? अचम्मको कुराहोइन र? पत्रुस अवश्य नै स्तब्ध भएको होलान्, तर उनले आज्ञा माने र त्यस चमत्कारको लाभ पाये।

हालै परमेश्वरले तपाईंलाई कुन असामान्य कुरा गर्न भन्नुभयो? के तपाईंले आज्ञा मान्नुभयो, वा उहाँको असाधारण अनुरोध पालना गर्न आफूलाई धेरै इज्जतदार सम्झेर पछि हट्नुभयो?

परमेश्वरले हामीलाई उहाँको अनुसरण गर्न बोलाउनुहुन्छ र आफ्नो क्रूस बोकेर उहाँको पछिपछि हिँड्न बारम्बार भन्नुहुन्छ। क्रूस बोक्नुको अर्थ हो कि आफ्नो शरीरका इच्छा र महत्वाकांक्षामा मर्नु, र हरेक दिनको हरेक क्षण परमेश्वरका लागि बाँच्नु हो। यो उच्च बोलावट हो र कमजोर मन भएका लागि होइन! यसका लागि परमेश्वरको आवाज सुन्नु र आज्ञा पालन गर्नु र उहाँको वचनअनुसार जिउनु आवश्यक छ। यदि हामी उहाँको अनाज्ञाकारी भएर जिउन जिउछौ भने हामी अलौकिक कुराहरूको अपेक्षा गर्न सक्दैनौं।

परमेश्वरले हामीलाई हाम्रो जीवनमाथि नियुक्त गर्नुभएका मानव अधिकारका व्यक्तिहरूको अधीनमा बस्न बोलाउनुहुन्छ। उहाँ चाहनुहुन्छ कि हामी नैतिक र सदाचारी जीवन जिउँ, जसले हरेक तरिकाले परमेश्वरलाई आदर गर्दछ। उहाँले चाहनुहुन्छ कि हामी आफ्नो राष्ट्रलाई कर तिरौँ र आफ्नो भूमिको प्रति विश्वासयोग्य नागरिक बनेर जीवन जिऔ, यो सम्झँदै कि हामी अनन्तकालको लागि पनि स्वर्गका नागरिक हौं।के तपाईं दैनिक जीवनका सबै कुरा बुझ्न परमेश्वरको वचन पढ्न सुरु गर्नुहुनेछ? के तपाईं आफ्नो सहज र आरामदायी कुराहरू छोड्नुपरे पनि, उहाँको सार्वभौम इच्छामा अधीन भएर जीवन जिउन तयार हुनुहुन्छ?

यस योजनाको बारेमा

चमत्कारका ३० दिन

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in

सम्बन्धित भक्त्ति पाठहरू