त्यहाँबाट जाँदैगर्दा येशूले एक जना जन्मैको अन्धालाई देख्नुभयो। उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, कसले पाप गर्यो, यसले कि यसका आमा-बुबाले, र यो अन्धो जन्म्यो?” येशूले जवाफ दिनुभयो, “न त यसले पाप गर्यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्। मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्दैन। म संसारमा रहुञ्जेल म संसारको ज्योति हुँ।” यी कुरा भनेर उहाँले भूइँमा थुक्नुभयो, र थूकले माटो मुछेर लेप बनाई त्यसका आँखामा लगाइदिनुभयो। अनि उहाँले त्यसलाई भन्नुभयो, “जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल।” त्यसले गएर पखाल्यो, र देख्ने भएर फर्क्यो। त्यसका छिमेकीहरू र त्यसलाई भीख मागेको देख्नेहरूले भने, “बसेर भीख माग्ने मान्छे के यही होइन?” कसै-कसैले भने, “यो त्यही हो।” अरूले भने, “होइन, यो त्यहीजस्तो देखिन्छ।” त्यसले भन्यो, “म त्यही हुँ।” तब तिनीहरूले त्यसलाई सोधे, “तेरा आँखा कसरी खोलिए त?” त्यसले जवाफ दियो, “येशू भन्ने एक जना मानिसले माटोको लेप बनाएर मेरा आँखामा लगाइदिएर मलाई भन्नुभयो, ‘सिलोआममा जाऊ र पखाल।’ तब गएर मैले पखालें, र म देख्ने भएँ।” तिनीहरूले त्यसलाई भने, “तिनी कहाँ छन् त?” त्यसले भन्यो, “म जान्दिनँ।”
यूहन्ना 9 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 9:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू