टुरोसको इलाकाबाट निस्केर उहाँ सीदोन भएर डेकापोलिसका सिमानाका बीचबाट हुँदै गालील-समुद्रमा जानुभयो। त्यहाँ मानिसहरूले एक जना बहिरो र गूँगो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसमाथि हात राखिदिनोस् भनी उहाँलाई बिन्ती गरे। त्यसलाई भीड़बाट अलग्गै एकान्तमा लगेर येशूले आफ्ना औँला त्यसका कानमा लगाउनुभयो। त्यसपछि थुकेर त्यसको जिब्रो छुनुभयो। अनि स्वर्गतिर हेरेर लामो सास लिई त्यसलाई भन्नुभयो, “इफ्फाता,” अर्थात् “खोलिजा।” त्यति नै बेला त्यसका कान खोलिए, र त्यसको जिब्रोको बन्धन फुक्यो, र त्यो स्पष्ट बोल्न लाग्यो। “यो कसैलाई नभन्नू,” भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो। तर जति-जति उहाँले मानिसहरूलाई आज्ञा दिनुहुन्थ्यो, झन् बढ़ी उत्साहसाथ तिनीहरूले यसको घोषणा गर्दथे। मानिसहरू आश्चर्यले अत्यन्तै चकित भए, र भन्न लागे, “उहाँले सबै कुरा असल गर्नुभएको छ। उहाँले बहिरालाई सुन्ने र गूँगालाई बोल्नेसम्म पनि तुल्याउनुहुन्छ।”
मर्कूस 7 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 7:31-37
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू