चमत्कारका ३० दिननमूना

येशूका लुगा छुने धेरै मानिसहरू निको भएका
येशूबाट यति ठूलो सामर्थ्य प्रकट हुन्थ्यो कि मानिसहरूले उहाँको लुगाको छेउ मात्र छोएर पनि निको हुन्थे। उहाँको सामर्थ्यको स्रोत यो हो कि उहाँ पूर्ण रूपमा मानव हुनुहुँदै पूर्ण रूपमा ईश्वरीय हुनुहुन्थ्यो, तापनिउहाँको पितासँगको निरन्तर संगति थियो। गनेसरेतको मुलुकमा पुग्नुभन्दा केही समय अघि उहाँ पहाडमा एक्लै प्रार्थना गरिरहनु भएको थियो। त्यसपछि उहाँ तल झर्नुभयो, पानीमाथि हिँड्नुभयो, र किनारामा पुग्नुभयो। उहाँ देहधारण गर्नुभएका परमेश्वर हुनुभयो, त्यसैले सर्वोच्च शक्ति उहाँमा कार्यरत थियो, तर मानव हुनुको कारणउहाँले हामीले अनुभव गर्ने थकान र कमजोरी पनि महसुस गर्नुभयो। उहाँले मानिसहरूलाई निको पार्ने, छुटकारा दिने र सेवकाई गर्ने निरन्तर उर्जा उहाँको पितासँगको शान्त र निजी सम्बन्ध बाट पाउनुभयो। ती क्षणहरूमा उहाँले आफूलाई बलियो पार्नुहुन्थ्यो र प्रत्येक दिनका लागि पिताको हृदयमा के छ, त्यो सुन्नुहुन्थ्यो। येशूले आफ्नो जीवन पिताको इच्छामा पूर्ण रूपमा समर्पित गर्नुभयो, जसले उहाँलाई अद्भुत सामर्थ्यमा चल्न सक्षम बनायो।
यदि हामी प्रत्येकले हरेक दिन त्यही समर्पणसहित पितासँग सम्बन्ध गाँस्ने जीवन बितायौँ भने कस्तो हुन्थ्यो होला? याद राख्नुहोस् कि येशूको मृत्यु र पुनरुत्थानसँगै, उहाँलाई मृतकबाट उठाउने जुन सामर्थ्य उहामा कार्यरत थियो, त्यो सामर्थ्य आज र हरेक दिन हामीभित्र पनि कार्यरत छ। यदि प्रार्थना नै यो सामर्थ्यलाई सक्रिय पार्ने माध्यम हो भने, किन हामी आफ्नो प्रार्थना जीवनमा अझैँ अनुशासित छैनौँ? यदि पूर्णरूपले उहाँलाई समर्पण गरिएको जीवन नै यो सामर्थ्यलाई प्रयोग गर्ने कुञ्जी हो भने, के कुराले हामीलाई हाम्रो जीवन उहाँको सामु अर्पण गर्नबाट रोकिरहेको छ?
परमेश्वरको सामर्थ्य र उपस्थितिलाई प्रकट गर्ने शक्तिशाली जीवन जीउन भनेको हामीलाई पूर्ण रूपमा पवित्र आत्माले नै अगुवाइ गरेको हुनुपर्छ। उहाँले मात्र पिताको इच्छाअनुसार शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा प्रार्थना गर्न हामीलाई सक्षम पार्नुहुन्छ, र उहाँले येशूमा हाम्रो असीमित उत्तराधिकारबारे सचेत गराउनुहुन्छ। यसले तपाईंलाई तपाईंको पहुँचमा भएका सबै कुराहरूमाअन्तर्दृष्टि दिन्छ र तपाईंलाई नयाँ आत्मिक अधिकारसहित जीवन बिताउन मद्दत गर्दछ।
जब तपाईं परमेश्वरको सामर्थ्य अनुभव गर्न उहाँतर्फ झुक्नुहुन्छ, के तपाईं उहाँलाई अनुरोध गर्नुहुन्छ कि उहाँले तपाईंलाई आफ्नो सामर्थ्यले परिपूर्ण गरून्, ताकि जसले तपाईंलाई भेट्छन्उनीहरूले परमेश्वरलाई अनुभव गर्न सकून्?
धर्मशास्त्र
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in
