चमत्कारका ३० दिननमूना

येशू पानीमाथि हिँड्नुभएको
पानीमाथि हिँड्न सकिँदैन। यो एउटा तथ्य हो। हामी मानिसहरू पानीमाथि हिँड्न सक्दैनौं, र यदि प्रयास गर्यौं भने, हामी डुब्नेछौ। केवल सिमोन पत्रुसले मात्र यसलाई प्रयास गरे र त्यसको गवाही दिन जीवित रहे। येशू, जसको आत्मा सृष्टिको सुरुवातमा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो, उहाँ ब्रह्माण्डका सृष्टिकर्ता सँग नै यसलाई गर्न विशेष अधिकार थियो। उहाँले पानीका अणुहरूको सतहमा तनाव परिवर्तन गरेर त्यसमा हिँड्न सक्नुहुन्थ्यो, किनकि अन्ततः उहाँ नै त्यहाँ भएका र हुने प्रत्येक परमाणु र अणुका सृष्टिकर्ता हुनुहुन्छ। परमेश्वरसँग केही पनि असम्भव छैन, किनकि उहाँले ब्रह्माण्डमा भएका सबै कुरालाई एकसाथ राख्नुहुन्छ। कलस्सी १:१५-२० को सन्देश संस्करणले यो पुष्टि गर्छ:
“हामी यस पुत्रलाई हेर्छौं र त्यो परमेश्वरलाई देख्छौं जसलाई देख्न सकिँदैन। हामी यस पुत्रलाई हेर्छौं र सृष्टि गरिएका सबै कुरामा परमेश्वरको मौलिक उद्देश्यलाई देख्छौं। सबै कुरा, पूर्ण रूपमा सबै कुरा, माथि र तल, देखिने र नदेखिने, स्वर्गदूतहरुका पहिला देखि पछिल्ला तहसम्म, सबै कुरा उहाँबाट सुरु भएको हो र उहाँमै आफ्नो उद्देश्य पाउँछ। कुनै पनि कुरा अस्तित्वमा आउनुभन्दा पहिले उहाँ हुनुहुन्थ्यो, र आजसम्म उहाँले सबै कुरालाई एकसाथ राख्नुभएको छ।र जब मण्डलीको कुरा आउँछ, उहाँले नै यसलाई व्यवस्थित गर्नुहुन्छ र एकसाथ राख्नुहुन्छ, जस्तै शिरले शरीरलाई राख्छ। उहाँ सुरुवातमा सर्वोच्च हुनुहुन्थ्यो, र पुनरुत्थानको विजय यात्राको अगुवाइ गर्दै, र अन्त्यमा पनि सर्वोच्च हुनुहुन्छ। सुरुदेखि अन्त्यसम्म सबैभन्दा महान्, सबैभन्दा माथि उच्च स्थानमा उहाँ हुनुहुन्छ । उहाँ यति विशाल र यति व्यापक हुनुहुन्छ कि परमेश्वरका सबै कुरा कुनै अव्यवस्था बिना उहाँमा आफ्नो उचित स्थान पाउँछन्। त्यति मात्र होइन, यो सृष्टिका सबै भाँचिएका र विस्थापित अंशहरू —मानिस वा वस्तु, जनावर वा परमाणु, सबै कुरा मिलेर जीवन्त सामञ्जस्यमा फेरि जडान हुन्छन्, यो सबै कुरा उहाँको मृत्यु रक्रुसबाट बगेको उहाँको रगतका कारण भएको हो।
सम्पूर्ण जीवनका लेखक येशू सजिलै पानीमाथि हिँड्न सक्नुहुन्छ भन्ने कुरा स्वाभाविक हो। तर आश्चर्यजनक कुरा यो हो कि हामी जस्तै साधारण मानिस पत्रुसले पनियेशूमाथि दृष्टि टिकाएर, उस्तै प्रयास गर्न सके।के कुराले तपाईंलाई आफ्नो डुङ्गाबाट बाहिर निस्केर अनजान क्षेत्रमा कदम राख्न बाट रोकेर राखेको छ? चमत्कार त्यसै क्षणबाट सुरु हुन्छ, जब हामी आफ्नो सहज क्षेत्र बाट बाहिर निस्कन्छौं र परमेश्वरले हाम्रो लागि तय गर्नुभएको गन्तव्यतर्फ हिँड्न थाल्छौं।जब तपाईं येशूमाथि दृष्टि टिकाएर उहाँतर्फ त्यस्ता हिच्किचाहटपूर्ण पाइला चाल्नुहुन्छ, उहाँले तपाईंको अगाडिको बाटो सीधा बनाउन थाल्नुहुन्छ र असम्भव देखिने कुरा सम्भव पार्नुहुन्छ।के तपाईं आफ्नो डुङ्गामा बसेर येशू आउनुहुन्छ भनेर प्रतीक्षामा हुनुहुन्छ? सायद अब समय आएको छ कि उठेर उहाँले जसतर्फ अगुवाइ गर्नुभएको छ, त्यसतर्फ पहिलो कदम चाल्नुहोस्। चमत्कार तपाईंको प्रतीक्षामा छ!
धर्मशास्त्र
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in
