चमत्कारका ३० दिननमूना

येशूले पाँच हजारलाई खुवाउनुभएको
14तिनीहरू प्राय: पाँच हजार जति पुरुषहरू थिए।तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिनीहरूलाई पचास-पचासको पंक्तिमा बसाओ।” 15तिनीहरूले त्यसै गरे, र सबैलाई बसाए। 16तब उहाँले ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र भाँचेर मानिसहरूलाई बाँड़िदिनू भनी चेलाहरूलाई दिनुभयो। 17अनि सबैले खाए, तृप्त भए, र चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डाला उठाए।
पाँचवटा रोटी र दुईवटा माछाको थोरै भोजनले कसरी पाँच हजारभन्दा बढी मानिसहरूलाई खुवाउन सकिन्छ?यसको उत्तर हो कि त्यो भोजमा येशूलाई निम्तो दिनुहोस्। यो अद्भुत भोजनको सुन्दरता यही हो कि येशूले उपलब्ध भएको कुरालाई प्रयोग गर्नुहुन्छ। यसका लागि चेलाहरूले कुनै चाँदी वा सुन खर्च गर्नुपरेन। केवल येशूले भन्नुभएका कुरा पालन गरेर मानिसहरूलाई बसाल्नु र उहाँले बढाउनुभएको भोजनलाई बाँड्नु मात्र आवश्यक थियो। सबै कठिन काम येशूले गर्नुभयो र त्यस दिन कसैलाई पनि भोकै बस्न दिनुभएन।
भीडलाई खुवाउनु अघि येशूले गर्नुभएको काम एउटा मात्र थियो कि उहाँले स्वर्गतर्फ हेर्नुभयो, आफ्ना पितालाई भोजनको लागि धन्यवाद दिनुभयो,र त्यसपछि रोटी भाँच्नुभयो।प्रायःचमत्कार त पहिले नै हाम्रो जीवनमा हुन्छ। हामी धन्यवादसहित परमेश्वरलाई अर्पण गर्न र त्यसलाई टुक्रिन दिने कुरामा संकोच गर्छौ, ताकि त्यसले बढेर धेरैलाई आशिष् पुर्याओस्। यो हाम्रो आर्थिक अवस्था, हाम्रो लक्ष्यहरू, हाम्रो सम्पत्ति वा हाम्रो प्रतिभा र क्षमता पनि हुन सक्छ, जसलाई हामी अत्यन्तै नजिक राख्छौँ र कहीँ परमेश्वरले हामीबाट खोस्नु हुन्छ कि भन्ने सोचले हामी उहाँलाई अर्पण गर्न हिच्किचाउँछौं ।
हामी बिर्सन्छौं कि मूलतः हामीसँग भएको सबै कुरा परमेश्वरबाट आएको हो, र त्यसैले यो उहाँकै हो। हामी त केवल यस पृथ्वीमा अल्प समयका लागि उहाँका भण्डारी हौं।त्यसैले, जब हाम्रो जीवनको कुनै क्षेत्रमा हामी पूर्ण रूपमा असफलतामा पुग्छौं, हामी विनम्रतासाथ परमेश्वरकहाँ जानु पर्छ र उहाँलाई सोध्नु पर्छकि के कुरा हामीले धन्यवादसहित उहाँको आराधनामा उठाएर उहाँको सामर्थी हातमा दिनुपर्छ, ताकि उहाँको इच्छाअनुसार यो टुक्रिएर वितरण भएको होस्।यो सजिलो त हुने छैन, तर यसको परिणाम अमूल्य हुनेछ!
धर्मशास्त्र
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in
