चमत्कारका ३० दिननमूना

येशूले बेथस्दामा एक अशक्त मानिसलाई निको पार्नुभयो
के तपाईं कहिल्यै यस्ता परिस्थितिमा पर्नुभएको छ, जहाँ तपाईंलाई बन्धन बाट मुक्त हुने अवसर नै प्राप्त भएको थिएन? अठतीस वर्षदेखि अशक्त भएर बसिरहेको मानिस पनि यस्तै स्थितिमा थियो। उसले आफ्नो अपांगता सायद बानी परेर स्विकारिसकेको थियो, र हरेक दिन अन्य अशक्तहरूकै छेउमा पल्टेर बस्दा आफ्नो जीवनप्रति भएको हार मान्ने भावनालाई अझ गहिरो बनाइदिएको थियो।हामी प्रायः यो खण्ड पढ्दा उसले बहाना दिएको भनी आरोप लगाउँछौं, तर वास्तवमाकेवल दुर्लभ क्षणहरूमा, जब कुनै स्वर्गदूतले पानी हल्लाउँथ्यो त्यस समयमा उसलाई पानीमा जानको लागि कुनै उपाय नै थिएन। सबै कुरा निराशाजनक लाग्थ्यो, जबसम्म येशू त्यो स्तम्भ भएको आँगनमा प्रवेश गर्नुभएन। येशूले उसलाई भेट्नुभयो र उसको कथा सुनेपछि तुरुन्तै उसलाई निको पार्नुभयो।
येशूको आज्ञा कठोर जस्तो लाग्छ: “आफ्नो ओछ्यान उठाऊ, र हिँड़।” तर यो आदेश त्यस मानिसका लागि बिल्कुल उपयुक्त थियो, जसले अहिलेसम्म ओछ्यानमा पल्टिनु बाहेक केही गर्न सकेको थिएन, यसरीउसलाई आफ्नो चंगाईमा सक्रिय रूपमा सहभागी हुन केही निर्णायक र उद्देश्यपूर्ण कदम चाल्न भन्नु उचित थियो। येशू त्यत्तिमै रोकिनुहुँदैन। केही समयपछि जब उहाँले फेरि उसलाई भेट्नुभयो, उहाँले भन्नुभयो कि पाप नगर, ताकि यसभन्दा खराब केही तिम्रो जीवनमा नहोस्।” यसबाट येशूले मानौं उसलाई निष्क्रिय जीवनशैलीबाट निकालेर आत्म-अनुशासन र परमेश्वरप्रति सजग जीवनशैलीमा बोलाइरहनुभएको थियो।
कहिलेकाहीँ हामी आफूलाई सीमित विकल्पसहित कुनामा थिचिएको जस्तो अवस्थामा पाउँछौं। यो कुनै अनपेक्षित स्वास्थ्य समस्या, रोजगारी गुमाउनु, वा सम्बन्धमा आएको अवरोध हुन सक्छ। यो जस्तोसुकै देखिए पनि, तपाईंलाई आफ्नो वर्तमान अवस्था परिवर्तन गर्ने अवसर नपाएको हुन सक्छ, तर जब तपाईंले येशूलाई हस्तक्षेप गर्न पुकार्नुहुन्छ, उहाले तपाईंलाई आफ्नो चमत्कारमा सहभागी हुन निम्तो दिनुहुन्छ। अगमवक्ता यशैयाले लेखेका छन् कि कसरी परमेश्वरले राजा कोरेसको अघि गएर, निर्वासित इस्राएललाई पुनःस्थापना गर्न मद्दत गर्नुहुनेछ। यसका लागि कोरेसले आज्ञापालनमा दृढ कदम चाल्नु आवश्यक थियो, ताकि परमेश्वर उनको अघि गएर उनले गर्ने प्रत्येक काममा सफलता दिन सकून्।यो तपाईंको चंगाई, पुनर्मिलनको दिशामा अघि बढ्नु, वा परमेश्वरले अगुवाइ गर्नुभएको रणनीतिक प्रार्थना गर्नु जत्तिकै सरल हुन सक्छ।परमेश्वरले तपाईंलाई जे गर्न अगुवाइ गर्नुहुन्छ, त्यसमा आज्ञापालन गर्दा, तपाईंले येशूसँगको साझेदारीको चमत्कार देख्न थाल्नुहुनेछ।
धर्मशास्त्र
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in
