चमत्कारका ३० दिननमूना

येशूले दुई जना अन्धा मानिसलाई निको पार्नुहुन्छ
यदि तपाईं बच्चाहरूको बीचमा रहनु भएको छ भने, तपाईंले देख्नुहुनेछ कि जो वयस्क उनीहरूसँग समय बिताउँछ, उसप्रति बच्चाहरूको स्वाभाविक भरोसा हुन्छ। बालकजस्तै विश्वासको मधुरता यो हो कि यसले सजिलै विश्वास गर्छ। यसमा कुनै सर्त हुँदैन। यो जटिल हुँदैन। यो बाहिरी उत्साहले चलाएको हुँदैन। यही कुरा ती दुई अन्धा मानिसको चंगाइको विशेषता हो। हामीलाई उनीहरूको पृष्ठभूमिबारे धेरै थाहा छैन, तर उनीहरू चंगाईको लागि कति व्याकुल थिए भन्ने कुरा स्पष्ट थियो। येशूले उनीहरूलाई आश्चर्यजनक प्रश्न सोध्नुभयो, “के तिमिहरु विश्वास गर्छौकि म यो गर्न सक्षम छु?” यो अचम्मको लाग्छ, किनकि उनीहरूले सार्वजनिक रूपमा उहाँलाई पुकारेर उहाँको दयाको लागि बिन्ती गरे, यसैबाट प्रष्ट हुन्छ कि उनीहरू विश्वास गर्थे कि उहाँले उनीहरूलाई निको पार्न सक्नुहुन्छ।
वैज्ञानिक दृष्टिले हेर्दा, जो व्यक्ति पूर्ण रूपमा अन्धा हुन्छ, उसलाई फेरि दृष्टि दिन असम्भव हुन्छ, अझ कठिन त तब हुन्छ जब कसैलाई कहिल्यै दृष्टि नै थिएन। सम्पूर्ण संसारका सृष्टिकर्ता येशूले यी दुबै व्यक्तिलाई पूर्ण २०/२० दृष्टिसहित, उनीहरूको मौलिक स्वरूपमा पुनःस्थापना गर्दै हुनुहुन्थ्यो। उहाँले स्नायुहरू पुनःजोड्दै, रगतका नलीहरू पुनःव्यवस्थित गर्दै, र तिनीहरूको भौतिक आँखाहरू खोल्नु अघि नै स्नायु मार्गहरू बनाउदै हुनुहुन्थ्यो।यो केवल परमेश्वरले मात्र गर्न सक्नुहुन्छ! केवल सृष्टिकर्ताले मात्र शून्यबाट सिर्जना गर्न सक्नुहुन्छ! केवल सृष्टिकर्ताले मात्र केही नभएको स्थानबाट बाटो बनाउन सुरु गर्न सक्नुहुन्छ!
तपाईं परमेश्वरको कुन चमत्कारको प्रतीक्षामा हुनुहुन्छ? कुन असम्भवतासँग तपाईं सामना गरिरहनु भएको छ, जसलाई केवल परमेश्वरले मात्र परिवर्तन गर्न सक्नुहुन्छ? के तपाईंमा सरल, बालकजस्तै विश्वास छ कि उहाँको बोलावटलाई स्वीकार गर्दै भन्न सक्ने, “हो, म विश्वास गर्छु कि तपाईं यो गर्न सक्नुहुन्छ”?
धर्मशास्त्र
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in
