मत्ती 9:27-31
मत्ती 9:27-31 NNRV
येशू त्यहाँबाट जानुहुँदा दुई जना अन्धाहरू “हे दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्” भनी कराउँदै उहाँको पछिपछि लागे। उहाँ घरमा पस्नुभएपछि ती अन्धा मानिसहरू उहाँकहाँ आए। येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ?” तिनीहरूले उहाँलाई भने, “ज्यू, प्रभु।” तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्।” अनि तिनीहरूका आँखा खोलिए। येशूले यसो भनेर तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो, “यो कुरो कसैले थाहा नपाओस्।” तर तिनीहरू गए, र त्यस इलाकाभरि उहाँको कीर्ति फिँजाए।


