चमत्कारका ३० दिननमूना

येशूले गूँगो मानिसलाई निको पार्नुहुन्छ
के तपाईंले कहिल्यै रुघाखोकीका कारण वा संगीत कार्यक्रममा ठूलो स्वरमा गाएपछि आफ्नो आवाज गुमाउनुभएको छ? आवाज सुन्न नपाउनु एक असहज अनुभव हो। अझ असहज त तब हुन्छ जब तपाईंले भन्नुपर्ने धेरै कुरा हुन्छ तर मानिसहरूसँग आफ्ना विचार व्यक्त गर्न असमर्थ हुनुहुन्छ।
येशूले एउटा मानिसलाई भेट्नुभयो, जो दुष्ट आत्माले ग्रसित भएको कारण गूँगो भएको थियो, र उहाँले उसलाई मुक्त गर्नुभयो। त्यो मानिस बोल्न थाल्यो र वरिपरिका भीड अचम्मित भए। आज शत्रुको चाल पनि उस्तै छ कि हामीलाई आवाजविहीन बनाउने। उसले अन्यायका क्षणहरूमा हामीलाई दोष लगाएर र असक्षम महसुस गराएर हामीलाई मौन राख्छ। येशूको नाममा हामीसँग भएको आत्मिक अधिकारलाई शत्रुले खोस्छ, र बारम्बार धम्क्याएर र डराएर हामीलाई मौन राख्छ। उसले हाम्रो जीवनमा निराशा ल्याउँछ र हाम्रो मुखबाट गीत निस्कन नदिई त्यसलाई दबाइदिन्छ।येशू हामीलाई शत्रुको पञ्जाबाट मुक्त गर्न आउनुभयो। उहाँ हाम्रो निम्ति मर्नुभयो र पुनःजीवित हुनुभयो, ताकि हामी शत्रुको अपमान र धम्कीलाई मौन पार्न सकौं र आफ्नो आत्मिक आवाज पुनःसक्रिय गर्न सकौं।जब तपाईं ठूलो निराशाको बीचमा पनि गीत गाउन रोज्नुहुन्छ, तपाईंले परमेश्वरलाई आफ्नो आवाज पुनःस्थापना गर्न दिनुहुन्छ। जब तपाईं अधिकारविहीनहरूको पक्षमा बोल्न निर्णय गर्नुहुन्छ, तपाईंले परमेश्वरलाई फेरि तपाईंको आवाज प्रयोग गर्न दिनुहुन्छ। जब तपाईं शत्रुले चोरेको स्वास्थ्य, शान्ति र आनन्दलाई येशूको नाम र रगतको नयाँ अधिकार साथ फिर्ता लिनुहुन्छ, तपाईंले आफ्नो आवाज पुनःफिर्ता पाउनुहुन्छ।
परमेश्वर चाहनुहुन्छ कि तपाईंको आवाजले विश्वासका साथ बोलोस्, स्तुति–आराधनामा आएका बन्धनहरू तोडोस्, र निरन्तर प्रार्थनामा संलग्न भएर ढोकाहरू खोलोस्। शत्रुलाई अब तपाईंलाई मौन पार्न नदिनुहोस्!
धर्मशास्त्र
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in
