चमत्कारका ३० दिननमूना

चमत्कारका ३० दिन

दिन 15 को 30

याइरसकी छोरी मृतकबाट जीवित पारिइन्

के कहिल्यै परमेश्वरले तपाईंको प्रार्थनाको जवाफ ढिलो दिनुभयो भनेर तपाईं असमञ्जसमा पर्नुभएको छ? यही कुरा याइरसले महसुस गरेको हुनुपर्छ, जब येशू उनको घरतर्फ जाँदै गर्दा, रक्तस्रावको समस्याबाट पीडित स्त्रीलाई निको पार्न बाटोमै रोकिनुभयो। कल्पना गर्नुहोस्, भीडमा कोले आफूलाई छोयो भनेर पत्ता लगाउन येशू ढिलाइ गरिरहनु भएको देख्दा, कति कष्टकर लागेको होला। याइरसले चाहेको हुनसक्छ कि, जसले छोयो उसले तुरुन्त अघि आएर आफ्नो पहिचान खुलाओस्, ताकि उनीहरू सीधै उनको घरतर्फ अघि बढून्, जहाँ उनकी छोरी मृत अवस्थामा थियो। त्यो ढिलाइले वास्तवमै उनकी छोरीको ज्यान लियो, तर उनलाई थाहा थिएन कि यो एउटा जीवन परिवर्तक गवाहीको लागि ईश्वरीय तयारी थियो।

त्यो एक प्रार्थनाको लागि देखिने तपाईको अनन्त प्रतीक्षा, वा काममा पदोन्नतिमा हुने ढिलाइ, यी मध्ये कुनै पनि व्यर्थ छैन! परमेश्वर सधैं काममा हुनुहुन्छ। उहाँले तपाईंको वरिपरि र तपाईं द्वारा बिन्दुहरू जोड्दै हुनुहुन्छ। उहाँले उजाडस्थानमा बाटो बनाउनुहुन्छ जहाँ कुनै बाटो देखिँदैन र तपाईंको कल्पना र नियन्त्रणभन्दा बाहिरका कुरा सम्भव गराउनुहुन्छ।

यदि हामीले यस कथाबाट केही सिक्न सक्छौं भने, त्यो यो हो कि यदि जीवनको यात्रामा येशू हाम्रो साथमा हुनुहुन्छ भने, हामी अचानक आउने रयहाँसम्म कि जीवनलाई पूर्ण रूपमा हल्लाइदिने दुखद घटनाहरूमा पनि उहाँमाथि भरोसा गर्न सक्छौं। ती घटनाहरूले उहाँलाई अचम्ममा पार्दैनन्,वास्तवमा, त्यस्ता क्षणमा उहाँ पहिलेभन्दा बढी जिम्मेवार हुनुहुन्छ।तपाईंको कानमा कोलाहलपूर्ण आवाजहरू जस्ता भए पनि, उहाँको आवाज भने यस्तो हुनेछ — “नडराऊ, केवल विश्वास गर।” कोलाहलबीच उहाँको मधुर आवाज सुन्नको लागि हामी आफूलाई शान्त पारेर उहाँसँग एक्लै समय बिताउँछौं कि बिताउँदैनौं यो हाम्रो रोजाइ हो।जब तपाईं समयमै काम गर्ने परमेश्वरमाथि भरोसा गर्नुहुन्छ, ढिलाइ निराशाजनक हुँदैन। ढिलाइ त वास्तवमापरमेश्वरसँगको स्थायी भेटको ईश्वरीय क्षणहरू हुन सक्छन्।

यस योजनाको बारेमा

चमत्कारका ३० दिन

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in

सम्बन्धित भक्त्ति पाठहरू