चमत्कारका ३० दिननमूना

रक्तस्रावको समस्याबाट पीडित स्त्री
प्राचीन यहूदी समाजमा स्त्री हुनु आफैंमा चुनौतीपूर्ण अनुभव थियो। महिनावारी सम्बन्धी रोग हुनु अझ गम्भीर समस्या थियो, किनकि यसले निरन्तर रक्तस्राव गराउँथ्यो, जसका कारण उनी अशुद्ध मानिन्थिन् र धार्मिक स्थानहरू वा अन्य सामुदायिक भेला–सभामा प्रवेश गर्नबाट रोक थियो। घरमै भए पनि, धार्मिक शुद्धताको लागि लेवीको नियमअनुसार, यस्तो स्त्रीले मानिस वा वस्तुसँग सामान्य रूपमा सम्पर्क गर्न सक्दिनथिन्। उनले कुनै वस्तु वा मानिसलाई छोएमा तिनीहरू अशुद्ध मानिन्थे।
त्यसैले सुन्दर कुरा यो हो कि उही स्पर्शले उनलाई निको पार्यो। सबैलाई निको पार्ने यस गुरुको एक स्पर्शले मात्र पनि उनलाई निको पार्न सक्छ भन्ने कल्पना गर्नु पनि येशूबाट शक्ति प्राप्त गर्न साहसी विश्वासको लागि पर्याप्त थियो। उहाँबाट शक्ति निस्कनासाथ, कसले त्यो शक्ति लियो भनेर उहाँले वरिपरि हेर्नुभयो। उनको स्वास्थ्य अवस्थाका कारण, उनी इश्वरीय हस्तक्षेपका लागि उपयुक्त पात्र जस्तो लाग्दैनथिन्, तर परमेश्वरको दृष्टिमा उनी पनि धार्मिक रूपमा शुद्ध व्यक्तिजस्तै योग्य थिइन्। यो देख्नु वास्तवमै अद्भुत हो कि बारा वर्षदेखिबेवास्ता र अदृश्यझैँ रहेकी स्त्रीलाईभीडको अगाडि, येशूले सार्वजनिक रूपमा स्वीकार गर्नुहुन्छ र साहसी विश्वासको कार्यका लागि उनलाई श्रेय दिनुहुन्छ ।
के तपाईंले आफ्नो अशुद्ध अतीत, अनैतिक निर्णयहरू वा लाज लाग्ने स्वास्थ्य अवस्थाका कारण आफूलाई येशूबाट चङ्गाइ पाउने योग्य छैन भन्ने ठानेर अलग गर्नुभएको छ? जब तपाईं नम्र र पश्चात्तापी हृदय लिएर येशूकहाँ आउनुहुन्छ, उहाँले आफ्नो अनुग्रहले तपाईंलाई ढाक्नुहुन्छ, र तपाईं उहाँको सामु ठाडो भएर उभिन सक्नुहुन्छ, किनकि तपाईंका लागि बगाइएको उहाँको रगतका कारण तपाईं धर्मी ठहर्नु भएकोछ। यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन (रोमी ८:१)। त्यसैले उहाँको बस्त्रको छेउ छुनलाई त्यो साहसी कदम चाल्नुहोस् र उहाँको शक्तिलाई तपाईंभित्र काम गर्न दिनुहोस्।
धर्मशास्त्र
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in
