मर्कूस 5:21-24

मर्कूस 5:21-24 NNRV

जब येशू फेरि डुङ्गामा समुद्रको पारिपट्टि जानुभयो, तब एउटा ठूलो भीड उहाँको वरिपरि भेला भयो। उहाँचाहिँ समुद्रको किनारमा हुनुहुन्‍थ्‍यो। सभाघरका शासकहरूमध्‍ये याइरस नाउँका एक जना उहाँकहाँ आए, र उहाँलाई देखेर उहाँका पाउमा घोप्‍टो परे, र यसो भनेर बिन्‍ती गरे, “मेरी सानी छोरी मर्न लागेकी छे, आएर त्‍यसमाथि तपाईंका हात राखिदिनुहोस्, र त्‍यो निको होस्‌ र बाँचोस्‌।” तब येशू तिनीसँग जानुभयो। एउटा ठूलो भीड उहाँको पछि लाग्‍यो, र मानिसहरू उहाँको वरिपरि ठेलमठेला गर्न लागे।