चमत्कारका ३० दिननमूना

चमत्कारका ३० दिन

दिन 11 को 30

एउटा स्त्रीको मरेको छोरो पुनर्जीवित गर्नु

करुणा—येशूको पृथ्वीमा बिताउनुभएको समयको चिन्ह यही थियो। उहाँको तीन वर्षे सेवाकालमा उहाँले भीडलाई देख्दा तिनीहरूप्रति करुणा अनुभव गर्नुभयो। थकाइ र विश्रामको आवश्यकता हुँदाहुँदै पनि, उहाँलाई पछ्याउँदै आएका मानिसहरूलाई उहाँले कहिल्यै फर्काउनुभएन, उनीहरूले ल्याएका बिरामी र दुष्ट आत्माद्वारा सताइएकाहरूलाई उहाँले चङ्गाइ र छुटकारा दिनुभयो।

यस घटनामा, उहाले एउटा शवयात्रा देख्नुभयो र आफ्नै पुनरुत्थान शक्तिद्वारा त्यसलाई रोक्नुभयो। त्यो युवक नै आमासँग भएको सबैथोक थियो, र आमाको आँसु देखेर येशूले शवयात्राको खाट छुनुभयो र उसलाई जीवनमा फर्काउनुभयो। येशू तिनीहरूको जीवनका लेखक भएकाले त्यो युवक र आमाको जीवन उहाँलाई पूर्ण रूपमा थाहा थियो। आफ्नो एक्लो छोरा गुमाउँदा आमाले अनुभव गर्ने सुनापन उहाँलाई थाहा थियो। उहाँले उनीहरूको अवस्थालाई ध्यानमा राखेर त्यसअनुसार कार्य गर्नुभयो।

जब तपाईं आफ्नो जीवनलाई पछाडि फर्केर ध्यानपूर्वक हेर्नुहुन्छ, तब तपाईं पाउनुहुनेछ कि परमेश्वरको करुणाको धागोले प्रत्येक पक्षलाई निरन्तर एकसाथ बाँधेर राखेको छ। हाम्रो जीवनलाई यस पृथ्वीमा बोकेर लैजानुहुने उहाँकै गहिरो र अटल प्रेम हो। हामीलाई सम्हाल्ने कुरा हाम्रो चालाकी, बुद्धि, सम्बन्ध वा भलाइ होइन, तर उहाँको अनुग्रहपूर्ण र अन्तहीन प्रेम हो। उहाँलाई तपाईंको जीवनको प्रत्येक विवरण थाहा छ, र करुणासहित उहाँले तपाईंलाई कोमलतापूर्वक त्यस सम्पूर्ण बाटोमा अगुवाइ गर्नुहुन्छ।

यो कुरा सम्झनु अति महत्वपूर्ण छ, विशेष गरेर जब विपत्तिहरूले हामीलाई आघात पुर्‍याउँछन् र हामी स्तब्ध हुन्छौं किनभने यसले हामीलाई अटल वास्तविकतामा स्थिर राख्छ कि कुनै पनि कुराले हामीलाई परमेश्वरको प्रेमबाट अलग गर्न सक्दैन। तपाईंको स्वास्थ्य समस्या, तपाईंको टुटेको हृदय, तपाईंको घाइते आत्मसम्मान, तपाईंको खाली बैंक ब्यालेन्स वा तपाईंको सकिँदै गएको बल, यी कुनै पनि कुराले तपाईंलाई परमेश्वरको प्रेमबाट छुट्याउन सक्दैन।

के तपाईं आज केही समय लिएर यहाँसम्म तपाईंमाथि देखाउनुभएको परमेश्वरको प्रेम र करुणाका लागि उहाँलाई धन्यवाद दिनुहुनेछ? यो कहिल्यै अन्त्य हुँदैन यसले तपाईंको जीवनका सबै दिनहरूमा तपाईंलाई पछ्याइरहनेछ।

यस योजनाको बारेमा

चमत्कारका ३० दिन

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in

सम्बन्धित भक्त्ति पाठहरू