चमत्कारका ३० दिननमूना

भूतात्माहरू निकालिएका
भूतात्माहरूको फौजले ग्रसित मानिसलाई शान्तिको राजकुमारले एकै क्षणमा मुक्त गर्नुभयो। एस्तो व्यक्ति जसलाई बाँधेर राख्न सकिँदैनथ्यो, जो चिहानघरमा बस्दथ्यो, जसको मानसिक अवस्था बिग्रिएको थियो, उहाँले उसलाई दुष्ट आत्माको कब्जाबाट छुटकारा दिनुभयो र उसलाई स्वस्थ, विवेकी र आत्मिक मानिसमा रूपान्तरण गर्नुभयो। कस्तो चमत्कार! तर यो मानिसको मानसिक र शारीरिक चङ्गाइ देख्दा पनि मानिसहरूले त्यसलाई सहन सकेनन्। तिनीहरूको ध्यान जंगली सुँगुरहरूको बगाल नष्ट भएकोमा यति केन्द्रित थियो कि तिनीहरूले त्यस मानिसलाई सबैभन्दा खराब किसिमको बन्धनबाट मुक्त गर्नुहुनेलाई देख्न सकेनन्। सम्भवतः तिनीहरूले यस उद्धारको को अर्थ नै बुझेनन्। यहाँ परमेश्वरको प्रतिरूप भएकालाई सैतानले यति सताएको थियो कि उसले आफूलाई नै हानि पुर्याउनेसम्म पुगेको थियो। यदि येशूले हस्तक्षेप गर्नुभएको थिएन भने, उसको अवस्था के हुन्थ्योभन्नेहामीलाई थाहा छैन।
त्यस क्षेत्रका सयौं सुँगुरहरुभन्दा परमेश्वरले आफ्नो अगाडि उभिरहेको, चिच्याइरहेको एउटा टुटेको मानिसको बढी वास्ता गर्नुभयो।
येशू हामीलाई जीवन दिन आउनुभयो —सामान्य, न्यूनतम, जसरी–तसरी बाँच्ने जीवन होइन, बरु प्रशस्त जीवन। यो जीवन भित्रबाट (हाम्रो आत्मा) सुरु भएर बाहिरसम्म (शरीर) हरेक तहमा सम्पूर्ण र फलदायी हुन्छ।हाम्रो जीवनका प्रत्येक पक्ष परमेश्वरका लागि महत्वपूर्ण छन्, उहाँको स्पर्शका लागि कुनै क्षेत्र सानो छैन। प्रायः हाम्रो शारीरिक कुराहरु हाम्रो मानसिक र भावनात्मक अवस्थासँग सम्बन्धित हुन्छन्। त्यसैले जब हामी येशूलाई भित्रबाट सुरु गरेर सम्पूर्ण स्तरमा निको पार्न पुकार्छौं, त्यो हाम्रो लागि उत्तम हुन्छ। उहाँले यसरी काम गर्न सुरु गर्दा, तपाईंको शरीरको हरेक भाग कसरी पुनर्स्थापित र पूर्ण महसुस हुन थाल्छ भनेर तपाईं छक्क पर्नुहुनेछ।
येशूले मुक्त गरेको त्यस मानिसलाई सुसमाचारका साथ दशवटा शहरहरू (डेकापोलिस)मा पुग्ने जिम्मेवारी दिनुभयो। कसले सोचेको थियो कि कुनै समय दुष्टात्माले ग्रसित भएको व्यक्ति सुसमाचार प्रचारक बन्न सक्छ? केवल येशूले मात्र हाम्रो जीवनका भग्नावशेषबाट मूल्य पुनःस्थापना गर्न र उद्देश्य दिन सक्नुहुन्छ। के तपाईं आज उहाँकहाँ दौडेर गएरउहाँलाई बताउनुहुनेछ कि तपाईंलाई उहाँको कति आवश्यकता छ?
धर्मशास्त्र
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in
