चमत्कारका ३० दिननमूना

चमत्कारका ३० दिन

दिन 12 को 30

येशूले आँधी थाम्नुहुन्छ

आँधीको प्रभाव सबैमाथि पर्छ। कसैलाई पनि यसबाट छूट छैन। यो हाम्रो मानवीय अनुभवको हिस्सा हो। स्वास्थ्यमा अचानक समस्या आउनु, सम्बन्ध टुट्नु, वा करिअरमा अनपेक्षित मोड आउनु, यी केही उदाहरण मात्र हुन्, जुन हामीमाथि आई पर्न सक्छन् । यी आँधीबीच प्रार्थना गर्नु, त्यसबाट केही राम्रो निस्कन्छ भनेर देख्नु, वा शान्ति पाउनु कठिन हुन्छ। तर यी आँधीले हामीलाई परमेश्वरमा अझ गहिरो निर्भरतामा लैजान्छन्।

चेलाहरूलाई हेर्नुहोस्—एक जोरदार आँधीले उनीहरूको सानो डुङ्गालाई हिर्कायो र लगभग पल्टाइदिने अवस्था आयो, त्यसबेला चेलाहरूले येशूलाई ब्यूँझाएर उहाँलाई एउटा प्रश्न सोधे, जुन हामीले पनि जीवनका आँधीमा फस्दा सोध्ने गर्छौं। जब तपाईं अत्यन्तै दबाबमा, भयभीत र असहाय महसुस गर्नुहुन्छ, तब तपाईंले पनि उनीहरूले ठूलो स्वरमा सोधेको जस्तै प्रश्न गरेको हुनसक्छ—“हामी डुब्न लाग्दा तपाईंलाई वास्ता छैन?” येशूले उठेर केवल कार्यद्वारा जवाफ दिनुभयो, बतास र छालालाई तीन शब्दमाहकार्नुभयो —“शान्त,स्थिर हो।”गर्जने बतास र उर्लने छालहरू तुरुन्तै शान्त भए। यस क्षणको सुन्दरता यसैमा थियो कि प्रकृतिले आफ्ना सृष्टिकर्ताको आज्ञा मान्यो। अय्यूबको पुस्तकले पनि देखाउँछ कि हाम्रो परमेश्वर सम्पूर्ण प्रकृतिमाथि सर्वोच्च शक्तिशाली र सार्वभौम हुनुहुन्छ। उहाँको नियन्त्रण बाहिर केही पनि छैन, र उहाँले सिर्जना गर्नुभएका सबै कुरामाथि अधिकार प्रयोग गर्नुहुन्छ। के यो अचम्मको कुरा होइन कि प्रकृति परमेश्वरको इच्छामा झुक्छ, तर हामी, जसलाई स्वतन्त्र इच्छाको उपहार दिइएको छ, प्रायः झुक्दैनौं? अतीतमा असंख्य तरिकाले परमेश्वरले हामीलाई सहयोग गर्नुभएको छ, तर नयाँ आँधी आउँदा हामी पूर्णरूपमा दबिन्छौं। त्यसबेला येशू हामीलाई सायद बिस्तारै भन्नुहुन्छ, “किन यति डराएको छौ? अझै पनि विश्वास छैन?”

तपाईं आफ्नो उद्धारकर्तामाथि कति निर्भर हुनुहुन्छ? त्यस समयमा डुङ्गामा सुतिरहनुभएको येशूभन्दा फरक, पुनरुत्थित र स्वर्गारोहण गर्नुभएको येशू न त उँघ्‍‌नुहुन्‍छ न सुत्‍नुहुन्‍छ (भजनसंग्रह १२१), बरु उहाँ दिनरात निरन्तर हाम्रो रक्षा गर्नुहुन्छ। तपाईंले अहिले भोगिरहेको वा भविष्यमा भोग्नुपर्ने प्रत्येक आँधीबारे उहाँ सचेत हुनुहुन्छ। यदि तपाईं यो विश्वासमा दृढ रहनुभयो कि उहाँ तपाईं संगै हुनुहुन्छ र तपाईंलाई सुरक्षित रूपमा किनारमा पुर्‍याउनुहुन्छ, भने तपाईंलाई डराउन आवश्यक छैन।

यस योजनाको बारेमा

चमत्कारका ३० दिन

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in

सम्बन्धित भक्त्ति पाठहरू