चमत्कारका ३० दिननमूना

चमत्कारका ३० दिन

दिन 10 को 30

सुकेको हात भएको मानिसको चङ्गाइ

"सुकेको" शब्दले निराशाजनक अवस्थालाई जनाउँछ। त्यो हात यति सुकिसकेको थियो कि प्रयोग गर्नै नसकिने थियो। सम्भवतः त्यो मानिसले लामो समयदेखि त्यो हात प्रयोग गरेको थिएन, र त्यसैले ऊ हातबिनै जीवन बिताउन बानी परिसकेको थियो। येशूले उसको अवस्था देख्नुभयो र उसलाई आरोप लगाउनेहरूकै अगाडि सार्वजनिक रूपमा उसलाई निको पार्ने निर्णय गर्नुभयो।उहाँले त्यो मानिसलाई दिनुभएको आज्ञा, असम्भव भएको कारणले, एउटा विरोधाभास भनाइ जस्तो सुनिन्छ।कसरी सुक्खा र निर्जीव भएको हातलाई तन्काउन सकिन्छ र? सुन्दरता यसैमा छ कि त्यस मानिसले विश्वासको प्रदर्शन गर्दै आज्ञापालन गरेर हात तन्कायो।यो आधा–अधूरो होइन, तर पूर्ण पुनर्स्थापना थियो।

कति पटक तपाईंले आफ्नो जीवनका केही पक्षहरूलाई पूर्ण रूपमा सुकेको र पुनर्स्थापना गर्नै नसकिने भनेर सोच्नुभएको छ? त्यो कुनै विशेष सम्बन्ध, पेशागत विकल्प, स्वास्थ्यको चिन्ता वा आन्तरिक संघर्ष हुन सक्छ। यदि येशूले विश्वासका साथ तपाईंलाई जीवनको त्यो मृत भाग उहाँतर्फ तन्काऊन भन्नुभयो भने, के तपाईं त्यस्तो गर्नुहुन्थ्यो?

अगमवक्ता इजकिएलले एक दर्शन देखे, सुक्खा हड्डीहरूले भरिएको उपत्यका, जहाँ परमेश्वरको आत्माले तिनीहरूमा सास फुकेर तिनीहरूलाई जीवित बनाउनुहुन्छ र एक शक्तिशाली सेनाको रूपमा उठाउनुहुन्छ।यो निर्वासित यहूदीहरूलाई उत्साहित गर्न लेखिएको भए पनियो वाचा हाम्रो लागि पनि हो, किनभने येशू द्वारा प्राप्त उद्धारद्वारा हामीभित्र पवित्र आत्मा हुनुहुन्छ।हाम्रो जीवनका प्रत्येक क्षेत्रमा, जुन पहिले बंजर र निष्फल थिए, पवित्र आत्माले सास फुकेका कारण अब ती ताजा र जीवनदायी बन्न सक्छन्।

यो नयाँअसजिलो र सायद दुखदायी पनि लाग्न सक्छ, तर जो तपाईंलाई भेट्नुहुन्छ, उहाँ नै पुनरुत्थान जीवनको स्रोत हुनुहुन्छ। हामीले विश्वासमा उहाँलाई सुम्पिएका सबैभन्दा सुकेका र मरेका कुरालाई पनि उहाँले जीवित पार्न सक्नुहुन्छ। के तपाईं आजै त्यस्तो कदम चाल्न तयार हुनुहुन्छ?

यस योजनाको बारेमा

चमत्कारका ३० दिन

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in

सम्बन्धित भक्त्ति पाठहरू