भजनसंग्रह 141
141
साँझको प्रार्थना
1परमप्रभु, म तपाईंलाई पुर्कादछु, मलाई अहिले सहायता गर्नुहोस्!
मैले तपाईंलाई पुकार्दा मेरो बिन्ती सुन्नुहोस्।
2 #
प्रकाश 5:8
मेरा प्रार्थना धूपझैँ
र मेरा उचालिएका हात साँझका बलिझैँ ग्रहण गर्नुहोस्।
3हे परमप्रभु, मेरो मुखमा पहरा खटाउनुहोस्।
मेरो ओठको ढोकामा रखवाली गरिदिनुहोस्।
4मलाई दुष्ट काम गर्ने इच्छा गर्नदेखि
र दुष्टहरूका दुष्टतामा साथ दिनदेखि बचाउनुहोस्;
तिनीहरूका भोज-भतेरमा म कहिल्यै नबसूँ।
5असल मानिसले मलाई दण्ड देऊन् र दयाले हकारून्,
तर दुष्ट मानिसबाट म आदर पनि कहिल्यै लिनेछैनँ
किनभने तिनीहरूका दुष्ट कामका विरुद्धमा मैले सधैँ प्रार्थना गरिरहेको छु।
6तिनीहरूका शासकहरू चट्टानका पहाडदेखि फ्याँकिंदा
मानिसहरूले मेरा कुरा साँचो रहेछ भनी मान्नेछन्।
7दाउरा चिरेर टुक्रा-टुक्रा पारेझैँ
चिहानका किनारमा तिनका हड्डीहरू फ्याँकिएका छन्।
8तर म तपाईंमा भरोसा गरिरहन्छु, मेरा सार्वभौम परमप्रभु!
म तपाईंको सुरक्षा चाहन्छु,
मलाई मर्न नदिनुहोस्।
9तिनीहरूले थापेका धरापदेखि,
ती दुष्ट काम गर्नेहरूले बिछाएका जालदेखि मेरो सुरक्षा गर्नुहोस्।
10दुष्टहरू आफूले थापेको पासोमा आफैं परून्,
मचाहिँ कुशलसित उम्कन पाऊँ।
Currently Selected:
भजनसंग्रह 141: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.